रत्न तथा आभूषण महासंघ र प्रभु इन्सुरेन्सबीच सम्झौता

काठमाडौं। नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र प्रभु ईन्सुरेन्स कम्पनीबीच सम्झौता गरिएको छ। सुनचाँदी व्यवसाय प्रवद्र्धन र व्यवसायीलाई आपतकालीन जोखिमबाट सुरक्षा प्रदान गर्ने उद्देश्यले दुई समूहबीच सम्झौता गरिएको हो।
Advertisement 1
सम्झौताले सुनचाँदी व्यवसायीको आर्थिक सुरक्षामा सुदृढता ल्याउने र सम्भावित जोखिम व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। सम्झौतअनुसार ईन्सुरेन्सले सुनचाँदी व्यवसायीहरुका लागि विशेष बीमा योजना र सेवाहरु प्रदान गर्नेछ।
यसले आगलागी, चोरी, प्राकृतिक प्रकोप लगायतका अनपेक्षित घटनाबाट हुने आर्थिक क्षतिलाई न्यून गर्न मद्दत पु¥याउने सम्झौतामा उल्लेख छ।
Advertisement 2
साथै, महासंघले व्यवसायीहरुबीच बीमाको महत्वबारे जनचेतना अभिवृद्धि गर्न र व्यवसायको दिगोपनालाई प्रवद्र्धन गर्न प्रभु ईन्सुरेन्ससँग सहकार्य गर्नेछ।
प्रकाशित :२०८१ माघ ८, मंगलवार १६:१९
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%