कुमारी बैंकका सिइओसहित ११ विरूद्ध एक अर्ब १० करोड ४३ लाखको सम्पत्ति शुद्धीकरण मुद्दा

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले कुमारी बैकका तत्कालीन सिइओसहित ११ जनाविरुद्ध सम्पत्ति मुद्धा दायर गरेको छ । विभागले विभागले १ अर्ब १० करोड ४३ लाख ३६ हजार ४ सय रुपैयाँ बिगो दाबी कायम गरी विशेष अदालतमा सम्पत्ति शुद्धीकरण मुद्दा दायर गरेको जनाएको छ ।
Advertisement 1
यो प्रकरणमा कुमारी बैंकका तत्कालीन सिइओ अनुजमणि तिमिल्सना र न्युरोड शाखा प्रमुखलाई समेत प्रतिवादी बनाइएको छ । गैरकानूनी रुपमा कर्जा अपचलन गर्ने काममा संग्लग्न रहेको भेटिए पछि कुमारी बैंकका तत्कालिन सिइओ अनुजमणी तिमिल्सिनासहित ११ जनाविरूद्ध मुद्दा दायर गरेको छ ।
नेपाल सरकार वादी रहेको यो मुद्धामा मुक्तिनाथ गौतम,अनुजमणि तिमिल्सिनासहित ११ जनालाई प्रतिवादी बनाइएको सम्पत्ति शुद्धीकरण विभाग स्रोतले जनाएको छ ।
मेरलायन इन्टरप्राइजेज कम्पनी प्रा लि को नामबाट कर्जा लिएर सम्पति शुद्धीकरण निवारण ऐनले निषेध गरेको कार्य गरेको निष्कर्ष सहित विभागले बिहीबार मुद्दा दायर गरेको हो । कुमारी बैंकका तत्कालीन सिइओ र शाखा प्रमुखसमेतको मिलेमतोमा फर्जी कागजातका बनाएर मेरालायन इन्टरप्राइजेज कम्पनी प्रालिको नाममा प्रयोग गरी प्रतिवादीहरूले सम्पत्ति शुद्धीकरणको कसूर गरेको एक अर्ब १० करोड ४३ लाख विगो माग दावी गर्दै मुद्धा दायर गरेको छ । पछिल्लो समयमा विभागबाट बिशेष अदालतमा दर्ता भएमध्ये यो सबैभन्दा ठूलो मुद्दा हो ।
Advertisement 2
विभागले सम्पत्ति शुद्धीकरण निवारण ऐन २०६४ को दफा ३० को उपदफा १, २, ७ र ८ बमोजिम अलग–अलग सजाय माग गरेको छ ।विभागले त्यसै ऐनको दफा ३४ को उपदफा १ र २ बमोजिम अपचलन भएको रकम जफत गर्न समेत बिशेष अदालतमा माग दावी गरेको छ ।