नेपाल बैंक लिमिटेड र ॐ समाज डेन्टल हस्पिटलबीच विशेष छुटसम्बन्धी सम्झौता

काठमाडौं। नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहक तथा बैंकमा कार्यरत कर्मचारीहरूलाई दन्त तथा मुख स्वास्थ्यसम्बन्धी उपचार सेवामा विशेष छुट उपलब्ध गराउने उद्देश्यले नेपाल बैंक लिमिटेड र ॐ समाज डेन्टल हस्पिटल प्रा.लि. बीच असार ८ गते सम्झौतापत्रमा हस्ताक्षर भएको छ।
Advertisement 1
सम्झौताअनुसार काठमाडौंका चावहिल, नैकाप, वनस्थली र सातदोबाटो तथा महोत्तरीको बर्दिवासस्थित ॐ समाज डेन्टल हस्पिटल प्रा.लि.मा उपचार गराउँदा नेपाल बैंक लिमिटेडका खातावाला ग्राहक तथा कर्मचारीहरूले बिरामी दर्ता तथा प्रारम्भिक चेकअप सेवामा १०० प्रतिशत छुट प्राप्त गर्नेछन्। साथै, अस्पतालबाट प्रदान गरिने विभिन्न दन्त तथा मुख स्वास्थ्यसम्बन्धी सेवाहरूमा १५ देखि २५ प्रतिशतसम्म छुटको सुविधा उपलब्ध हुनेछ।
सम्झौतापत्रमा नेपाल बैंक लिमिटेडका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत श्री दीपेन्द्र राज काफ्ले तथा ॐ समाज डेन्टल हस्पिटल प्रा.लि.का तर्फबाट प्रमुख प्रशासकीय अधिकृत श्री बिजेन्द्र लालले हस्ताक्षर गर्नुभयो।
Advertisement 2
यस सम्झौतामार्फत नेपाल बैंक लिमिटेडका खातावाला ग्राहक तथा कर्मचारीहरूले ॐ समाज डेन्टल हस्पिटल प्रा.लि.बाट प्रदान गरिने गुणस्तरीय दन्त तथा मुख स्वास्थ्य उपचार सेवाबाट प्रत्यक्ष लाभ लिन सक्ने विश्वास बैंकले व्यक्त गरेको छ।
आधुनिक बैंकिङ प्रविधिको प्रयोग, दक्ष व्यवस्थापन, युवा जनशक्ति तथा गुणस्तरीय ग्राहक सेवाप्रतिको प्रतिबद्धताका कारण नेपाल बैंक लिमिटेड प्रतिस्पर्धी बैंकिङ सेवामा थप सशक्त रूपमा अघि बढिरहेको छ। ग्राहकलाई छिटो, सहज र विश्वसनीय सेवा प्रदान गर्ने लक्ष्यका साथ बैंकले आफ्नो सेवा तथा सुविधालाई निरन्तर विस्तार गर्दै आएको छ।








