एनआइसी एशिया बैंकको नाफा ७४ करोडले घट्यो

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा एनआइसी एशिया बैंकको नाफा ह्वात्तै घटेको छ । गत वर्षको पहिलो त्रैमासमा १ अर्ब ७५ करोड ६७ लाख ७९ हजार रुपैयाँ नाफा आर्जन गरेको बैंकले चालु आर्थिक बर्षको समिक्षा अवधिमा ७४ करोड कम नाफा आर्जन गरेको वित्तिय विवरण सार्वजनिक भएको छ ।
बैंकले चालु आर्थिक बर्षको प्रथम त्रैमासमा १ अर्ब १ करोड ३ लाख ८३ हजारमात्र नाफा आर्जन गर्न सकेको छ । जुन अघिल्लो आर्थिक बर्षको सोही अवधिको तुलनामा ४२ दशमलव ४९ प्रतिशत कम हो ।

Advertisement 1

१४ अर्ब ९१ करोड ७५ लाख ६६ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १६ अर्ब २१ करोड ९ लाख ६७ हजार रुपैयाँ रहेको छ ।यस्का अलवा बैंकको खुद खुद ब्याज आम्दानी समेत १७ दशमलव ५५ प्रतिशतले घटेर २ अर्ब ७४ करोड ६६ लाख ३४ हजार रुपैयाँ रहेको छ ।नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ३२ रुपैयाँ ५३ पैसा घटेर २७ रुपैयाँ ९ पैसामा सीमित भएको छ। असोज मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १९.४६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २०२ रुपैयाँ ५ पैसा रहेको छ।

बैंकको खराब कर्जा समेत ह्वात्तै बढेको छ । ० दशमलव ५९ प्रतिशतबाट बढेर खराब कर्जा १ दशमलव ३७ प्रतिशत पुगेको छ । प्रतिसेयर आम्दानी २६ दशमलव ५८ रुपैयाँ रहेको बैंकको प्रतिसेयर नेटवर्थ २०२ दशमलव ०५ रुपैयाँ रहेको छ ।

प्रकाशित :२०८० कार्तिक १७, शुक्रबार १२:४९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry