६ सह सचिवको सरुवा

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ६ सह सचिवहरुको सरुवा गरेको छ । मन्त्रालयले संघ र प्रदेशका आधा दर्जन सहसचिवको सरुवा अदलबदल गरेको हो । यसरी सरुवा भएका सहसचिवहरूमा सहसचिव कृष्णप्रसाद काप्री, वीरेन्द्र यादव, रामशरण सापकोटा, भूपाल बराल, योगेन्द्र कुमार कार्की र मतिना वैद्य रहेका छन् । जसमध्ये सामान्य प्रशासन मन्त्रालयले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव कृष्णप्रसाद काप्रीलाई सामाजिक विकास मन्त्रालय, प्रदेश नं २ मा पठाइएको छ ।

Advertisement 1

यस्तै प्रदेश नम्बर २ कै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव बिरन्द्र यादवलाई सोही प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा पठाएको छ । केही समय अघि मात्रै दुई नम्बर प्रदेशकै सामाजिक विकास मन्त्रालयमा सरुवा गरिएका भूपाल बराललाई फेरी सोही प्रदेशकै मुख्य मन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ । त्यसै गरी बाग्मती प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका योगेन्द्र कुमार कार्कीलाई कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा तानिएको छ भने शिक्षा मन्त्रालय अन्तर्गत रहका सहसचिव रामशरण सापकोटालाई राष्ट्रिय पुन निर्माण प्राधिकरणमा सरुवा गरिएको छ । त्यसैगरी केही दिन अघि विभाग नै खाली गरी भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, कर्णाली सुर्खेत पुर्‍याइएकी खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी महानिर्देशक मतिना वैद्यलाई प्रदेश नम्बर ३ मा सरुवा गरिएको छ । उनको भदौ ९ गते सरुवा गरिएको थियो ।

प्रकाशित :२०७७ भाद्र २२, सोमबार ०५:१६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry