२ करोड ३२ लाख रुपैयाँ जरिवाना दाबी गर्दै पौडेलविरुद्ध मुद्दा

काठमाडौं। राजस्व अनुसन्धान विभागले तनहुँका सनील पौडेलविरुद्ध २ करोड ३२ लाख रुपैयाँ विगो दाबी गर्दै काठमाडौं जिल्ला अदालमा मुद्दा दर्ता गरेको छ। पौडेलले विदेशी विनिमय नियमित गर्ने ऐन, २०१९ को दफा १६ विपरित काम गरेको आरोपमा विभागले अनुसन्धान गरी सोहीअनुसार काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो।

Advertisement 1

कानुनअनुसार नेपालमा बसोवास गर्ने कुनै पनि नेपाली नागरिक वा नेपालमा दर्ता भएको कुनै कम्पनी, संगठित संस्था वा फर्मले विदेशस्थित बैंकमा खाता खोल्दा नेपाल राष्ट्र बैंकको स्वीकृति लिनुपर्नेमा पौडेलले स्वीकृति नलिई सिंगापुरको युनाइटेड ओभरसिज बैंकमा खाता खोलेको पाइएको विभागले बताएको छ। तनहुँ शुक्लागण्डकी नगरपालिका वडा नं. ३ स्थायी ठेगाना भई हाल काठमाडौं शान्तिनगर बस्दै आएका पौडेलको उक्त खातामा ५८ हजार अमेरिकी डलर पाइएको विभागले बताएको छ।

‘सिंगापुरको युनाइटेड ओभरसिज बैंकमा खाता खोली अमेरिकी डलर ५८ हजार जम्मा गरेको सम्बन्धमा अनुसन्धान गर्दा प्राप्त प्रमाण तथा कारोवार भएको देखिने आधार प्रमाणहरुबाट निज प्रतिवादी सुनील पौडेलले विदेशी विनिमय (नियमित गर्ने ऐन, २०१९ को दफा १६(१) को व्यवस्था विपरितको कसूर गरेकोले निज उपर सोही ऐनको दफा १७ (१) बमोजिम उक्त बैंक खातामा जम्मा भएको अमेरिकी डलर ५८ हजारको हिसावले हुने नेपाली रुपैयाँ ७७ लाख ४५ लाख ९ सय बिगो कायम गरिएको छ,’ विभागले भनेको छ, ‘सोही ऐनको दफा, १७(१) बमोजिम विगो रकमको तेब्बर २ करोड ३२ लाख ३७ हजार ७ सय रुपैयाँ जरिवाना माग दाबी गरी मुद्दा दायर गरिएको छ।’

प्रकाशित :२०८१ श्रावण ३, बिहीबार १०:३४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry