भूमि प्रशासनका सेवाग्राहीका लागि महत्वपूर्ण सूचना : २ दिन पुरानै प्रक्रियाबाट सेवा दिन विभागको निर्देशन

काठमाडौं । भूमि व्यवस्थापन तथा अभिलेख विभागको Public Access Module (PAM) प्रणालीमा प्राविधिक समस्या देखिएपछि देशभरका भूमि प्रशासन कार्यालय तथा सम्बन्धित स्थानीय तहलाई दुई दिन पुरानै प्रक्रियाअनुसार सेवा प्रवाह गर्न निर्देशन दिइएको छ।

Advertisement 1

विभागले २०८३ असार ३१ गते जारी गरेको सूचनाअनुसार २०८३ असार ३१ गते र साउन १ गते सर्भरमा आएको प्राविधिक समस्याका कारण अनलाइन प्रणालीमार्फत हुने सेवा प्रभावित हुने भएकाले वैकल्पिक व्यवस्था गरिएको हो।

सूचनामा भनिएको छ, उक्त अवधिमा लिखत दर्ता, विभिन्न निवेदन तथा रोक्का–फुकुवा सम्बन्धी सेवा लिन आउने सेवाग्राहीलाई अनलाइन सेवा लागू हुनुअघि प्रचलनमा रहेको प्रक्रियाअनुसार पनि सेवा उपलब्ध गराउन सकिनेछ।

Advertisement 2

विभागले सेवा प्रवाहमा अवरोध नहोस् र सेवाग्राहीले अनावश्यक दुःख नपाऊन् भन्ने उद्देश्यले यस्तो निर्णय गरिएको जनाएको छ। साथै, देशभरका सबै भूमि प्रशासन कार्यालय तथा सम्बन्धित स्थानीय तहलाई उक्त व्यवस्था कार्यान्वयन गर्न अनुरोध गरिएको छ।

विभागले सर्भरमा देखिएको प्राविधिक समस्या समाधानका लागि आवश्यक प्राविधिक कार्य भइरहेको समेत जनाएको छ। समस्या समाधान भएपछि नियमित रूपमा अनलाइन प्रणालीमार्फत सेवा प्रवाह गरिने अपेक्षा गरिएको छ।

Screenshot
प्रकाशित :२०८३ असार ३२, बिहीबार १०:३९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry