राष्ट्रिय परिचयपत्र आफैँले डाउनलोड गर्न सकिने

काठमाडौं। सरकारले राष्ट्रिय परिचयपत्र सम्बन्धित व्यक्तिले नै डाउनलोड गर्न मिल्ने सेवा सुरु गरेको छ। राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले बिहीबारदेखि परीक्षणका रूपमा उक्त सेवा सुरु गरेको हो।
Advertisement 1
विभागको राष्ट्रिय परिचयपत्रसम्बन्धी वेबसाइट https://citizenportal.donidcr.gov.np/ne मार्फत व्यक्तिको फोटो र अनलाइन ‘भेरिफिकेसन’ क्युआर कोडसहितको परिचयपत्र कार्ड डाउनलोड गर्न सकिनेछ।
सरकारको शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीअन्तर्गत बुँदा नं २ मा ‘विभागको प्रणालीबाट व्यक्तिको फोटो र क्युआर कोडसहितको राष्ट्रिय परिचयपत्र कार्ड सम्बन्धित व्यक्तिले नै डाउनलोड गर्ने प्रणाली निर्माण गर्ने’ उल्लेख थियो ।
Advertisement 2
राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त भएका नागरिकले नाम (नेपाली वा अङ्ग्रेजी), जन्म मिति र नागरिकता जारी मिति पेस गरी आफ्नो कार्ड डाउनलोड गर्न सक्ने विभागले जनाएको छ।








