सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

काठमाडौं। स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा सामान्य वृद्धि भएको छ। सुन प्रतितोला रु २०० र चाँदी रु १५ ले बढेको हो।
Advertisement 1
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु २ लाख ९७ हजार १०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु ४ हजार ९७५ कायम भएको छ।
गत शुक्रबार छापावाल सुनको मोल प्रतितोला रु २ लाख ९६ हजार ९०० र त्यति नै परिमाणको चाँदी रु चार हजार ९६० कायम भएको थियो।
Advertisement 2
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा १ औँस सुन ५ हजार १५० र त्यति नै परिमाणको चाँदी ९० अमेरिकी डलरमा कारोबार भइरहेको छ।
–––
प्रकाशित :२०८२ चैत्र २९, आईतवार १२:३०
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%

















