शिक्षक र कर्मचारीलाई ७ दिनभित्र दलको आबद्धता त्याग्न निर्देशन

विभिन्न राजनैतिक दलमा आबद्ध रहेका शिक्षक र कर्मचारीलाई सात दिनभित्र राजीनामा दिन राजापुर नगरपालिकाको पहिलो बैठकले निर्देशन दिएको छ ।
Advertisement 1
मंगलबार राजापुर नगरपालिकाको बैठकले विद्यालयको पठनपाठन प्रभावित हुने गरी आचरणविपरीत काम गर्ने शिक्षक र कर्मचारीले राजनैतिक दलको विभिन्न पद नछाडे कारबाही गर्ने निर्णय पनि बैठकले गरेको छ ।
नगर प्रमुख दिपेश थारुले प्रचलित शिक्षा ऐन २०२८ (संशोधन सहित) को दफा १६(ङ)को उपदफा ५ को(६) को व्यवस्था उल्लंघन गरी राजनैतिक दलमा संलग्न रहेको पाइएकोले सात दिन भित्र उक्त पद छाड्न निर्देशन दिएको बताए । ‘उल्लेखित पदबाट राजीनामा दिन लगाई सोको विवरण सात दिनभित्र पालिकामा पेस गर्न निर्देशन जारी गरेका छौँ,’उनले भने‘कसैले पालिकाको नियम अटेर गरे कारबाहीका लागि सम्बन्धित निकायमा पत्रचार गर्नेछौँ ।’
Advertisement 2
प्रकाशित :२०७९ जेष्ठ ११, बुधबार ११:२१
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%