कर्मचारीका मागबारे अर्थमन्त्रीसँग छलफल

काठमाडौं। अतिरिक्त समयमा काम गरेवापतको सुविधा पाउनुपर्नेलगायत माग राखेर आन्दोलनरत संघीय संसद् सचिवालयका कर्मचारीका विषयमा अर्थमन्त्रीसँग छलफल गरिएको छ।

Advertisement 1

बिहीबार प्रतिनिधिसभा सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल र अर्थमन्त्री वर्षमान पुनबीच कर्मचारीका मागबारे छलफल भएको हो।

कर्मचारीले राखेका मागका विषयमा सभामुख घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीसँग छलफल गरिसकेका छन्।

Advertisement 2

संसद्का बैठकमा महत्त्वपूर्ण छलफल भइरहेका समय कर्मचारीले गरेको असहयोगलाई सभामुख घिमिरेले गम्भीरताका साथ लिइएको बताएका छन्। बुधबारको प्रतिनिधिसभाको बैठकमा आन्दोलनरत कर्मचारीले प्रत्यक्ष प्रसारणमा असहयोग गरेका थिए।

प्रकाशित :२०८१ असार ६, बिहीबार १७:४१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry