आन्तरिक राजस्व विभागको महानिर्देशकमा दीर्घराज मैनाली
आन्तरिक राजस्व विभागको महानिर्देशकमा दीर्घराज मैनालीले बाजी मारेका छन् । विभागको महानिर्देकको प्रवल दावेदार मानिएका अन्य प्रतिष्प्रर्धी सहसचिवहरुलाई पछि पार्दै मैनाली राजश्व विभागको हाकिम बनेका हुन् ।
तत्कालीन विनोद कुँवर आफ्नै घर पायक गण्डकी प्रदेश सरुवा भएसँगै विभाग विगत एक महिनादेखि नेतृत्वविहीन अबस्थामा थियो । महानिर्देशकको प्रवल दावेदारका रुपमा हेरिएको थियो दीर्घराज मैनाली,चन्द्रकला पौडेल र बलराम रिज्याल,झक्कप्रसाद अचार्य र रामेश्वर दंगालसम्म । तर तीमध्ये केही वरिष्ठ सहसचिवहरु बढुवाको मुखमा रहेका कारण महानिर्देशक बन्न अस्वीकार गरेका थिए । मैनालीलाई अर्थ सचिव शिशिर ढुंगनाको साथ थियो । उनी प्रधानमन्त्री कार्यालय मातहत राजश्व अनुसन्धान बिभागका महानिर्देशकका रुपमा कार्यरत थिए । अर्थमन्त्री विष्णु पौडेलको जोड चाहिँ आफ्नो नातेदार चन्द्रकला पौडेल त्यहाँ पठाउने थियो । उद्योग विभागका बलराम रिज्यालदेखि रामेश्वर दंगाल र झक्कसम्मलाई दावेदार मानिएकोमा सहसचिवद्धय रामेश्वर दंगाल र झक्कप्रसाद आचार्य दुवैले त्यहाँको महानिर्देशक बन्न अस्वीकार गरेको चर्चा छ ।
Advertisement 1
अर्थमन्त्रालयले विभागको जिम्मा मैनालीलाई दिएको हो। मैनालीलाई महानिर्देशक बनाउन सहमतिको लागि संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय पठाइएको छ। सामान्य मन्त्रालयले अनुमति दिएपछि कार्यभार सम्हाल्ने छन्।