आन्दोलनरत ट्यांकर चालक र आयल निगमबीच सहमति, पेट्रोलियम आपूर्ति सहज हुने अपेक्षा

काठमाडौं। नेपाल आयल निगम र पेट्रोलियम ट्यांकर चालकक संघबीच सम्झौता भएको छ। ट्यांकर चालक संघले गर्दै आएको हड्ताल अन्त्य गर्ने सम्बन्धमा दुईपक्षीत सम्झौता गरिएको हो। सम्झौतासँगै ट्यांकर चालकले पेट्रोलियम पदार्थ ढुवानी गर्ने भएका छन्।

Advertisement 1

सोमबारदेखि नै आन्दोलनका कार्यक्रम अन्त्य गर्ने सम्झौता गरिएको आयल निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले जानकारी दिए। ट्यांकर चालक संघको ७ बुँदे मागलगायत पेट्रोलियम क्षेत्रमा देखा परेका समस्या समाधान गर्ने गरी उपसमिति गठन गर्ने सम्झौता गरिएको छ।

उपसमितिमा निगमका नायब कार्यकारी निर्देशकको संयोजकत्वमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रतिनिधि, ट्ययांकर चालक संघका प्रतिनिधि रहने छन्।

Advertisement 2

त्यस्तै निगमले व्यवसायीहरुलाई दिँदै आएको पारिश्रमिक र सुविधा ट्यांकर चालक सहचालक तथा श्रमिकहरुलाई उपलब्ध गराउने व्यवसायीले प्रतिबद्धता गरेका छन्। सोमबारदेखि आन्दोलन फिर्ता गरेसँगै पेट्रोलियम पदार्थ सहज हुने अपेक्षा गरिएको छ।

प्रकाशित :२०८१ असार ३, सोमबार १८:५२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry