सातै प्रदेशमा हिमालयन लाइफको वार्षिकोत्सव

काठमाडौं। हिमालयन लाइफ इन्स्योरेन्सले १६औं वार्षिकोत्सव सम्पन्न गरेको छ। कम्पीले वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा विविध कार्यक्रम गरेको हो।
कम्पनीले विभिन्न आश्रम तथा विद्यार्थीलाई खाद्यान्न र स्टेशनरी सामग्री वितरणसहति विभिन्न कार्यक्रम गरेको हो।

Advertisement 1

कम्पनीले कोशी प्रदेशअन्तर्गत विराटनगरमा पूर्वाञ्चल बाल सेवा आश्रमलाई स्टेशनरी तथा विराटेश्वर वृद्धाश्रमलाई निर्माण सामग्री, विर्तामोडस्थित नमस्ते बाल तथा वृद्धाश्रमका बालबालिकाहरुलाई शैक्षिक सामाग्री र वृद्धवृद्धाहरुका लागि खाद्यान्न वितरण गरिएको कम्पनीले जानकारी दिएको छ।

कम्पनीले मधेश प्रदेशअन्तर्गत जनकपुरस्थित राम जानकी वृद्धाश्रम, बर्दिबासस्थित भुवनेश्वरी वृद्धाआश्रम र वीरगञ्जस्थित मानव सेवा आश्रममा खाना खुवाउने कार्यक्रम गरेको छ।

Advertisement 2

यसैगरी बागमती प्रदेशअन्तर्गत अपाङ्ग पुनस्र्थापना केन्द्र गोकर्णमा खाद्यान्न वितरण, चितवन देवघाटस्थित रामजानकी आश्रममा शैक्षिक सामग्री वितरण गरिएको छ भने गण्डकी प्रदेशअन्तर्गत बागलुङको मानव सेवा आश्रममा खाना खुवाउने, लमजुङ बेसिशहरस्थित लमजुङ विद्यालयका ४० जना विद्यार्थीलाई स्टेशनरी वितरण, पोखरास्थित वल्डएज होममा खाद्यान्न वितरण गरेको छ।

लुम्बिनी प्रदेशअन्तर्गत बुटवलस्थित अपाङ्ग आश्रममा खाद्यान्न वितरण, नेपालगञ्ज, पाल्पा र घोराहीस्थित निलसागर सेवा आश्रमका वृद्धावृद्धालाई खाद्यान्न वितरण, कपिलवस्तुस्थित कैलाश आश्रममा खाना खुवाउने कार्यक्रम सम्पन्न गरेको छ भने कर्णाली प्रदेशको सुर्खेतस्थित मानव सेवा आश्रममा खाना खुवाउने कार्यक्रम सम्पन्न भएको छ।

Advertisement 3

त्यस्तै सुदुरपश्चिम प्रदेश अन्तर्गत टिकापुर स्थित साहारा घर, डडेल्धुरा स्थित उग्रतारा संस्कृत बिद्यालय, झलारी स्थित विद्यालयमा र धनगढीस्थित परिवार बालगृहमा खाद्यान्य तथा बिद्यार्थीहरुलाई स्टेशनरी सामग्री वितरण गरिएको छ।

हिमालयन लाइफ इन्स्योरेन्स स्थापना भएको मंगलवार १६ बर्ष पुरा हुँदैछ। साविकको प्राइम लाइफ, गुराँस लाइफ र यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड मर्जर भई हिमालयन लाइफ इन्स्योरेन्स बनेको हो।

प्रकाशित :२०८१ जेष्ठ २२, मंगलवार १२:२३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry