१६ प्रमुख जिल्ला अधिकारीसहित २५ सहसचिवको एकैपटक सरुवा, को कहाँ पुगे (सूचीसहित)

काठमाडौं । गृह मन्त्रालयले बुधबार एकैपटक १६ जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित २५ सहसचिवको सरुवा तथा पदस्थापन गरेको छ ।

Advertisement 1

गृहमन्त्री रवि लामिछानेको मन्त्रीस्तरको निर्णयबाट १६ प्रमुख जिल्ला अधिकारीसहित सहसचिव तहका २५ उच्चपदस्थ कर्मचारी सरुवा भएको हो ।

गृह मन्त्रालयका दुई महाशाखा प्रमुख र दुई विभागका महानिर्देशक फेरिए

Advertisement 2

गृह मन्त्रालयले मन्त्रालयका दुई महाशाखा प्रमुख तथा मन्त्रालय अन्तरगतका दुई वटा विभागका महानिर्देशक हेरफेर गरेको छ । उपप्रधान एवम गृहमन्त्री रबि लामिछानेले मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्रालयमा सरुवा भएर आएका सहसचिव डा.भिष्मकुमार भुसाललाई विपद तथा द्धन्द्ध व्यवस्थापन महाशाखा प्रमुखको जिम्मेवारी दिइएको छ भने मन्त्रालयमा नै सरुवा भएर आएका सहसचिव गोगनबहादुर हमाललाई आन्तरिक व्यवस्थापन महाशाखा प्रमुखको जिम्मेवारी दिइएको छ । भूसाल यस अघि बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको सचिवको जिम्मेवारीमा थिए भने हमाल त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालय प्रमुखको जिम्मेवारीमा थिए ।

राष्ट्रिय परिचयपत्र कार्यविधि प्रकरणमा मुछिएका सहसचिव भट्टराईलाई कसूरजन्य विभागको जिम्मेवारी

Advertisement 3

यस्तै मन्त्रालयले कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागको महानिर्देशकको जिम्मेवारी तिर्थराज भट्टराईलाई दिइएको छ । भट्टराई उपप्रधान एवम गृहमन्त्री रबि लामिछाने यस अघि पहिलो पटक मन्त्रीको जिम्मेवारीमा आउदाँ राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशकको जिम्मेवारीमा थिए । त्यहाँ रहदाँ राष्ट्रिय परिचयपत्रमा आबद्ध नागरिकका वैयक्तिक र जैविक विवरण रुजु गर्ने जिम्मा विदेशी कम्पनीलाई दिने प्रकरणमा मुछिएका थिए । उक्त प्रकरणमा मुछिएपछि मोरङका प्रमुख जिल्ला अधिकारी रहदाँ भट्टराई अनुसन्धानका लागि गृह मन्त्रालय तानिएका थिए ।

कारागार व्यवस्थापन विभागको महानिर्देशकको जिम्मेवारी भने सहसचिव जयनारायण आचार्यलाई दिइएको छ । यस अघि कारागार व्यवस्थापन विभागको महानिर्देशकको जिम्मेवारीमा रहेका काशिराज दाहाल अनिवार्य अवकाशमा गएपछि महानिर्देशकको पद रिक्त रहेको थियो भने कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागका महानिर्देशक महादेव पन्थको प्रदेशमा सरुवा भएपछि महानिर्देशकको पद रित्तः भएको थियो । यस्तै सहसचिव सुरेश पन्थीलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालय काठमाडौंको प्रमुखको जिम्मेवारी दिइएको छ भने गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल भैरहवाको प्रमुखको जिम्मेवारी किरण थापालाई दिइएको छ ।

प्रकाशित :२०८१ जेष्ठ १६, बुधबार २३:४९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry