को हुन मुख्यसचिव बैरागी ? कस्तो छ स्वभाव ?

सरकारले मुख्यसचिव लोकदर्शन रेग्मीको राजीनामा स्वीकृत गर्दै नयाँ मुख्यसचिवमा शंकरदास बैरागीलाई नियुक्त गरेको छ ।
परराष्ट्र सेवाबाट मुख्यसचिव बन्ने घिमिरे पहिलो व्यक्ति हुन् । ५५ बर्ष अघि पर्वतमा जन्मिएका उनी ०४४ सालमा परराष्ट्र सेवामा प्रवेश गरेका हुन् । उनी २०७२ सालमा परराष्ट्र सचिव भएका थिए । त्यसअघि एक वर्षभन्दा लामो अवधि उनी सोही मन्त्रालयमा निमित्त सचिव भए । परराष्ट्रको इतिहासमै सबैभन्दा लामो समय निमित्त सचिव हुने बैरागी पहिलो पात्र हुन् । सचिवका रुपमा उनको पाँचवर्षे कार्यकाल यही २२असोजमा पूरा हुँदै थियो तर सरकारले लोकदर्शन रेग्मीलाई बेलायतको राजदुत बनाएर सो स्थानमा बैरागीलाई मुख्यसचिव बनाएको छ ।
बैरागीले परराष्ट्र सेवामा नै रहँदा अधिकांश समय विदेशमै बिताएका छन् । बैरागीसँग मुलुकभित्रको समग्र कर्मचारी प्रशासन बुझेको अनुभव छैन । परराष्ट्र मन्त्रालयको र विदेशी नियोगमा मात्र जागिरे जीवनमा झण्डै ३ दशक समय बिताएका बैरागीले प्रशासन र प्राविधिक सेवाका एकाधबाहेक कर्मचारी नै चिन्दैनन् । उनी सुरुदेखि नै परराष्ट्र सेवाका कर्मचारी भएकोले उनीसँग फराकिलो ढङ्गले काम गरेको अनुभव छैन । प्रशासन, प्राविधिक, जिल्ला, तल्लो तहमा बसेको, प्रशासन सेवाजस्तो फराकिलो हिसाबले काम उनले गरेका छैनन्, जसले गर्दा स्थानीय तथा प्रदेशलगायत निकायका जनप्रतिनिधिहरूसँगको सम्बन्ध धेरै छैन, उनीसँग धेरै चिनजान, सम्पर्क र सम्बन्ध पनि छैन भन्छन नजिकबाट चिन्नेजान्नेहरु । यस्तै वैरागी निर्णय क्षमतामा पनि कमजोर मानिन्छन् ।
Advertisement 1
तर, बैरागी नरम, शालीन, भद्र र कसैलाई नबिझाउने स्वभावका छन् । लामो समय कुटनीतिक क्षेत्रमा बसेर काम गरेका कारण अन्तर्राष्ट्रिय सम्बन्धका बारेमा जानकार छन् भन्छन उनका समकक्षीहरु ।