नेपाल एसबिआईमा डिम्याट खाता भएका ग्राहकलाई कमलादीको स्काइ वाकमा २० प्रतिशतसम्म छूट

काठमाडौं। कमलादीको स्काइ वाक टावरमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङमा डिम्याट खाता भएका ग्राहकले छूट पाउने भएका छन्।

Advertisement 1

त्यसका लागि नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड र स्काइ वाक सञ्चालक वोन्डर्स नेपाल प्रालिले सम्झौता गरेका छन्। सम्झौतामा वोन्डर्स नेपाल प्रालिका प्रमुख सञ्चालन अधिकृत रोहित ज्ञवाली र नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेलले हस्ताक्षर गरेका छन्।

सम्झौताअनुसार नेपालएसबिआई बैंक लिमिटेडका सम्पूर्ण शाखा कार्यालय तथा नेपालएसबिआई मर्चेण्ट बैंकिङमा डिम्याट खाता भएका ग्राहकले स्काइ वाक टावरको टिकट खरिदमा २० प्रतिशतसम्म छूट पाउने छन्। ‘नयाँ डिम्याट खाता खोल्दा वा हाल कायम डिम्याट खाता सञ्चालन गर्दै आएका डिम्याट सेवा प्रयोगकर्ता ग्राहकले स्काइ वाकको टिकट खरीदमा १ देखि ५ जनासम्मका लागि १५ प्रतिशत र ५ जनाभन्दा बढीको टिकट खरीद गर्दा २० प्रतिशतसम्म छूट प्रदान गर्ने सहमति भएको छ,’ कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

Advertisement 2

प्रमुख कार्यकारी अधिकृत पोख्रेलले यो सहकार्यमा जोडिन पाउँदा खुसी लागेको बताए। त्यस्तै वोण्डर्स नेपालका प्रमुख सञ्चालनअधिकृत ज्ञवालीले आपसी सहकार्यबाट व्यवसायिक उचाइ हासिल हुने अपेक्षा रहेको बताए।

प्रकाशित :२०८१ जेष्ठ १०, बिहीबार १२:५८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry