सार्वजनिक बिदामा पनि आन्तरिक राजस्व कार्यालय खुल्ने : महानिर्देशक भुषाल

 

Advertisement 1

काठमाडौं। सरकारले आगामी कात्तिक ३० गते सार्वजनिक बिदा दिए पनि आन्तरिक राजस्व कार्यालयहरू भने केही अत्यावश्यक सेवाका लागि खुला रहने भएका छन्।

आन्तरिक राजस्व विभागका महानिर्देशक भीष्म कुमार भुषालले सामाजिक सञ्जालमार्फत सार्वजनिक बिदाका दिन पनि केही सेवाका लागि आन्तरिक राजस्व कार्यालयहरू खुला रहने जानकारी दिएका हुन्।

Advertisement 2

सार्वजनिक बिदाका कारण राजस्व प्रशासनसँग सम्बन्धित सेवाग्राहीको काम प्रभावित नहोस् भन्ने उद्देश्यले कार्यालय खुला राख्ने व्यवस्था गरिएको उनले बताए। सार्वजनिक बिदाको दिन सबै सेवा नियमित रूपमा सञ्चालन हुने नभई तोकिएका केही सेवाका लागि मात्रै कार्यालय खुला रहनेछन्।

महानिर्देशक भुषालको जानकारीसँगै सार्वजनिक बिदाका दिन पनि आवश्यक राजस्वसम्बन्धी सेवा लिनुपर्ने सेवाग्राहीलाई सहज हुने अपेक्षा गरिएको छ।

Advertisement 3

प्रकाशित :२०८३ कार्तिक २९ गते, आइतबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]