विकल पौडेल भ्रष्टाचार मुद्दामा दोषी ठहर, दुई वर्ष कैद र २५ करोड जरिवाना
काठमाडौं । सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल भ्रष्टाचारको आरोपमा दोषी ठहर भएका छन् । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले उनलाई दुई वर्ष कैद र २५ करोड ४७ लाख बिगो भराउने फैसला गरेको हो ।
Advertisement 1
उनलाई त्यति नै रकम जरिवाना हुने फैसला पनि गरेको विशेष अदालतका उपरजिस्ट्रार एवम प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत वर्ष वैशाखमा विकल पौडेलसहित विरुद्ध सुरक्षण मुद्रण केन्द्र स्थापनामा अनियमितता गरेको आरोपमा मुद्दा दायर गरेको थियो ।
प्रकाशित :२०८१ जेष्ठ ८, मंगलवार २३:११
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%