आई–पिल प्रयोग गर्दा होस पु-याऔँ

गर्भाधारण रोक्नका लागि गर्भनिरोधक चक्कीलाई सबैभन्दा सुरक्षित तथा सही तरिका मानिन्छ । तर यसको प्रयोगको विषयमा पनि एउटा चिन्ता कायमै रहने गरेको छ । यस्तो गर्भनिरोधक चक्कीको साइड इफेक्ट बढि हुने र त्यसले महिलाको प्रजनन क्षमतामै असर पार्ने खालका धारणा तथा अनुभव समेत रहेका छन् ।त्यस मध्य एक हो आइ पिल अर्थात आकस्मिक गर्भनिरोधक चक्कि । यो चक्किलाई अस्थाई गर्भनिरोधक चक्किको रुपमा महिलाहरुले मकै समान खाइरहेका छन् । यस्ता औषधिहरु धेरैजसो फार्मेसीहरुबाट बिक्रि हुने गर्दछन् ।

Advertisement 1

मैतीदेवीस्थित एम. एल फार्मेसीबाट सातामा ४० भन्दा माथी आइ पिल चक्कि बिक्री हुन्छ । फार्मेसि सञ्चालकका अनुसार आई पिल चक्कि खोज्न जुनसुकै उमेर समुहका महिलाहरु आउँछन्, तर धेरैजसो किशोरीहरु नै हुन्छन् । यो चक्कि लिन कोहि महिलाहरु सातामा दोहोर्याएर पनि आउने गरेका छन् । मैतीदेवीमा नै रहेको अर्को विवेक फार्मेसिबाट पनि हप्तामा २० वटा भन्दा माथी आई पिल चक्कि बिक्रि हुने गर्दछ । सो फार्मेसिमा पनि एउटै महिला सातामा दोहोर्याएर यो चक्कि लिन आउने फार्मेसि सञ्चालकले बताए ।

फार्मेसीबाट अत्याधिक बिक्री भइरहेको आई पिल चक्किको दुरुपयोग भइरहेको छ । महिलाहरु इच्छाएको व्यक्तिसँग असुरक्षीत यौनसम्पर्क पश्चात ८० रुपैँया खर्च गरेर यो चक्कि सेवन गरी अनिच्छुक गर्भ रोकि आफुलाई सुरक्षित महशुस गर्छन ।

Advertisement 2

आई पिल चक्किको प्रयोग आकस्मिक (अन्य अस्थाई गर्भनिरोधक साधनको प्रयोग गरेर पनि गर्भ रहेको शंका लागेको) अवस्थामा अनिच्छुक गर्भ रोक्नका लागी बर्षमा २ पटकसम्म प्रयोग गर्न मिल्ने बिराट मेडिकल कलेजमा स्त्री रोग बिशेषज्ञको रुपमा कार्यरत डा। मोना प्रियदशनीले बताइन् ।

डा. प्रियदशनीका अनुसार आई पिल चक्कि र गर्भपतन गराउने औषधि फरक हो । यो चक्कि यौन सम्पर्क भएको ७२ घण्टा भित्र खाएमा मात्र अनिच्छुक गर्भ रोक्न सकिन्छ । आइपिल ओभुलेसन हुनु अगाडि खाए डिम्बाशयबाट ओभम रिलिज हुदैँन ओभुलेसन भएपछि खाए ओभमलाई फर्टिलाइज हुन दिदैँन, त्यसकारण गर्भ रहदैँन । आइपिलको बारम्बार प्रयोगले महिलाको स्वास्थ्यमा नकारात्मक प्रभाव पार्ने गर्दछ । छोटो समयमा धेरैपटक आई–पिल खाएमा महिनावारीमा गडबडी हुने कतिपयमा महिनावारीको समयमा धेरै रगत बग्न सक्छ । साथै हर्मोनल असन्तुलन भई वान्ता लाग्ने, रिंगटा लाग्ने पेट दुख्ने, थकाई लाग्ने, स्तन दुख्ने, टाउको दुख्ने जस्ता समस्या आउँने डा। प्रियदशनीले बताइन् । उनको अनुसार आई पिलको अत्याधिक सेवनले महिनावारी गडबडि वा महिनावारीमा अत्याधिक रगत बगेमा चिकित्सकको सल्लाह लिनुपर्छ ।

Advertisement 3

धेरै पटक आई पिलको प्रयोगले ओभरीमा हानी पुग्न सक्छ । निकट भविष्यमा भुण्र नरहने जस्ता समस्या आउँन सक्छ । रगत जम्ने समस्या भएको व्यक्तिले आई पिल सेवन गरे ब्लडकल्ट हुने,स्ट्रोकका साथै ह्आर्टअट्याक आउन सक्ने उनले बताइन् ।

धेरैजसो महिलाहरु असुरक्षित यौनसम्पर्क पश्चात आइ पिल खाएर ढुक्क हुने गर्दछन् । तर यो चक्किले यौनसम्पर्कबाट लाग्ने रोगहरुबाट बचाउदैन । असुरक्षित यौन सम्पर्कको दलदलमा फसेका महिलाहरुले आइ पिलको सेवनले अनिच्छुक गर्भबाट छुटकारा त पाउँछन् तर यौनसम्पर्कबाट लाग्ने संक्रमणबाट पिडित हुन्छन् ।

आई पिल चक्कि ७२ घण्टा भित्र सेवन गर्नुपर्छ । त्यसमा पनि यौन सम्पर्क गरेको २४ घण्टा भित्र खाएमा ९८ प्रतिशत गर्भ रोक्छ, २४ घण्टा पछि खाएमा गर्भ रोक्ने दर ८७ हुनसक्छ । किशोरीहरुमा यौन शिक्षाको अभावका कारण सुरक्षित यौन सम्पर्कप्रती सजग हुदैनन् जसका कारण विभिन्न यौनजन्य रोगहरु लाग्नका साथै आई पिल चक्किको अत्याधिक प्रयोग गर्छन् । अनिच्छुक गर्भ रोक्न परिवार नियोजनको अन्य साधहरुको प्रयोग गर्नुपर्छ । यद्यपि, यसको प्रयोग गर्दा निम्न सजगता अपनाउन आवश्यक छ ।

आई–पिल ६ महिनादेखि एक वर्षको अन्तरालमा प्रयोग गर्न सकिन्छ । छोटो समयमा धेरैपटक प्रयोग गर्दा स्वास्थ्यमा विभिन्न समस्या आउँछन् । नियमित प्रयोग गर्दा गर्भ रोक्नमा त्यो शतप्रतिशत सक्षम हुँदैन ।
छोटो समयमा धेरैपटक आई–पिल खाएमा महिनावारीमा गडबडी हुन सक्छ । त्यस्तै, कतिपयमा महिनावारीको समयमा धेरै रगत बग्ने, पेट दुख्ने र समयमा महिनावारी नहुनेजस्ता समस्या देखिन्छन् ।
आई–पिलको प्रयोग नियमित गर्ने महिलामा पछि गएर चाहेको वेलामा गर्भ नरहन सक्छ । कतिपयमा बाँझोपनको समस्यासमेत हुने गरेको पाइन्छ । साथै, शरीरमा हर्मोनमा परिवर्तन देखापर्ने भएकाले स्वास्थ्यमा विभिन्न समस्या हुन्छन् ।
गर्भ रोक्न आई–पिल खाने गर्नाले कन्डमको प्रयोग गरिँदैन । फलस्वरूप विभिन्न यौनरोगको सम्भावना बढेर जान्छ ।
आई–पिल आकस्मिक अवस्थाका लागि मात्रै हो । अनिच्छामा गर्भ बसेर पछि गर्भपतन गराउनुभन्दा यस्ता चक्कीको प्रयोग गर्नु ठीक हो । तर, नियमित सेवन भने गर्नुहुँदैन ।

प्रकाशित :२०७७ चैत्र १३, शुक्रबार १३:१३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry