उत्कृष्ट भनेर पुरस्कृत तर, ग्राण्डी अस्पतालको डाक्टर नै ‘नक्कली’


धापासीमा रहेको ग्राण्डी अस्पतालको बारेमा बेला बेलामा बिवाद आइरहेको हुन्छ । कहिले दर्ता नै नभएको खुलासाका समचार आउँछन् भने कहिले ग्राण्डी अस्पतालमा आँशुको व्यापार १ न्याय माग्दै मृत्यु शैयाको छोरो कुरेर बसेको परिवार जस्ता समचारहरु आइरहेका हुन्छन् । बिवादै बिवादमा परेको असपताल यो पटक पनि त्यस्तै रोचक कुराले बिवादमा मुछिएको छ । उत्कृष्ट भनेर पुरस्कृत गरेका डाक्टर नै ‘नक्कली’ भएको भन्दै केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले मुद्दा दर्ता गरेको छ।

Advertisement 1

तत्कालीन समयमा ग्राण्डीमा कार्यरत रहेका डाक्टर विजयश्याम रन्जितले नेपाल मेडिकल काउन्सिल (एनएमसी) बाट नक्कली दर्ता नम्बर लिई काम गरेको अनुसन्धानबाट पुष्टि भएपछि मुद्दा दर्ता गरिएको सिआइबी स्रोतले जानकारी दियो। ‘डा रन्जितले अर्कैको नामको दर्ता नम्बर राखी काम गरेको पुष्टि भएपछि मुद्दा दर्ता गरेका हौं,’ सिआइबी स्रोतले भन्यो। २०७१ सालदेखि रन्जितमाथि सिआइबीले अनुसन्धान सुरु गरेको थियो। २०७१ सालमा नक्कली डाक्टरविरुद्ध सिआइबीले ‘अपरेसन क्वाक’ नाम दिएर अपरेसन सञ्चालन गरेको थियो। सो क्रममा थुप्रै नक्कली डाक्टर पक्राउ परेका थिए।

सिआइबीले पछिल्लो समय सक्रियता देखाएर पुनः अनुसन्धान सुरु गरेको सुइँको पाएपछि डाक्टर रन्जित भने फरार भएर जर्मनी पुगेको सिआइबी स्रोतले जानकारी दियो।

प्रकाशित :२०७७ फाल्गुन १७, सोमबार १५:४७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry