अन्तरराष्ट्रिय खगोल ओलम्पियाडमा नेपाली विद्यार्थीलाई कास्य पदक

काठमाडौं। अन्तरराष्ट्रिय खगोल ओलम्पियाडमा नेपाली विद्यार्थीले कास्य पदक हात पारेका छन्। बङ्गलादेशको राजधानी ढाकामा आयोजित २९औँ ओलम्पियाड प्रतियोगितामा सेन्ट जेभियर्स स्कुल, गोदावरीका कक्षा १० मा अध्ययनरत सौर्यम श्रेष्ठले नेपालका लागि उक्त पदक हात पारेका नेपाल एष्ट्रोनोमिकल सोसाइटी (नासो) ले जनाएको छ। प्रतियोगिता बङ्गलादेशको राजधानी ढाकामा गत कात्तिक २० गतेदेखि २९ गतेसम्म सञ्चालन भएको थियो।

Advertisement 1

सोसाइटीले सन् २०१८ देखि अन्तरराष्ट्रिय खगोल ओलम्पियाडमा सहभागिता जनाउँदै आएको अध्यक्ष सुरेश भट्टराईल जानकारी दिए। उनका अनुसार नेपालले यसअघि सन् २०१९ र २०२३ मा पनि कास्य पदक प्राप्त गरेको थियो।

नासोले अन्तरराष्ट्रिय खगोल ओलम्पियाड सहभागी हुनुपू्र्व नेपालमा राष्ट्रिय एष्ट्रोनोमी ओलिम्पियाडको आयोजना गर्दै आएको छ। राष्ट्रिय ओलम्पियाडको छनोटमा परेका उत्कृष्ट विद्यार्थीले मात्र अन्तरराष्ट्रिय खगोल ओलम्पियाडमा सहभागी हुन पाउने छन्। नेपालमा राष्ट्रिय एस्ट्रोनोमी ओलिम्पियाड सन् २०१४ देखि सुरु गरिएको हो।

Advertisement 2

के हो एष्ट्रोनोमी ओलिम्पियाड ?

राष्ट्रिय एस्ट्रोनोमी ओलिम्पियाड एक शैक्षिक प्रतियोगिता हो, जसले प्रारम्भिकस्तरमा प्रतिभा पहिचान गर्ने उद्देश्य राख्छ। यस प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीलाई अन्तरराष्ट्रिय प्रतियोगितामा सिफारिस गरिन्छ।

Advertisement 3

सन् २०१४ देखि सञ्चालन हुँदै आएको ओलम्पियाडमार्फत हालसम्म ३ हजारभन्दा बढी विद्यार्थीले आफ्नो क्षमता परीक्षण गरिसकेका नासोका अध्यक्ष भट्टराईले जानकारी दिए। उनका अनुसार उत्कृष्ट ठहरिएका विद्यार्थी देश तथा विदेशका प्रतिष्ठित विश्वविद्यालयमा विज्ञान विषयमा अध्ययनरत छन्।

ओलम्पियाड प्रतियोगिता कक्षा ८ देखि १२ सम्म अध्ययनरत १३–२० वर्ष उमेर समूहका विद्यार्थीलाई लक्षित गरी सुरु गरिएको हो। कनिष्ठ तथा वरिष्ठ विधामा विभाजन गरी नासोले सातै प्रदेशमा छनोट परीक्षा सञ्चालन गर्दै आएको छ। उत्कृष्ट विद्यार्थीलाई अन्तरराष्ट्रियस्तरमा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्रदान गर्दै आइएको नासोले जनाएको छ।

प्रकाशित :२०८२ मंसिर ३, बुधबार १३:१५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry