अध्यागमन अधिकृत खड्का जेल चलान
संगठिन अपराध र कीर्ते मुद्दामा अध्यागमन अधिकृत नरवीर खड्का जेल चलान भएका छन् । भिजिट भिसाको सेटिङमा संलग्न भएको भन्दै संगठिन अपराध र कीर्ते मुद्दामा जिल्ला अदालत काठमाडौंले उनलाई थुनामा पठाएको हो ।
Advertisement 1
उनीसहित बिचौलियाहरू अरुण दाहाल, सरोज कुमार यादब र मनोज तामाङ जेल चलान भएका हुन् । अन्य ६ जनालाई धरौटीमा छाड्ने आदेश भएको छ । अध्यागमन अधिकृतहरू ताराबहादुर कुँवर, कुशल बराल, शैलेन्द्र ढकाल, विमल पौडेल, विष्णु अर्याल, विकास डंगोल, पीताम्बर रिमाल र सुजन फागो फरार छन् ।
१० जनालाई पक्राउ गरेकोमा यसमा संलग्न देखिएका थप १२ जनालाई फरार प्रतिवादीका रूपमा मुद्दा दायर गर्न सिफारिस गरेको थियो । बिचौलियाको काम गर्ने दिनेश ज्ञवाली, रविन अर्याल, विनोद कार्की, गीता शाह, अरुण दाहाल, सरोजकुमार यादव, पदम लामा, मनोज लामा, रामप्रसाद भण्डारी पक्राउ परेका थिए ।
Advertisement 2
प्रहरी अनुसन्धानबाट नक्कली कागजात बनाउने गिरोहसँग मिलेर उनीहरूले प्रतिव्यक्ति ४० हजारदेखि माथि रकम लिएर पठाउने गरेको खुलेको छ । नक्कली कागजातका आधारमा भिजिट भिसामा जानेहरूमाथि उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गत मंसिरमा अपरेसन चलाएको थियो ।
अपरेसनका क्रममा घुस लिँदालिँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका अधिकृत खड्का पक्राउ परेका थिए । २६ मंसिरमा पक्राउ परेका उनीमाथि अनुसन्धान गर्दै जाँदा अन्य कर्मचारीको समेत संलग्नता खुलेको थियो ।