कर्मचारी सरुवा स्वचालित हुनुपर्नेमा जोड

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले निजामती कर्मचारीहरूको सरुवा स्वचालित प्रणालीमा हुनुपर्ने बताएका छन्।

Advertisement 1

आफ्ना नजिकका मान्छेलाई पुरस्कार स्वरूप सजिलो ठाउँमा र अरूलाई दण्डित गरेजस्तो अप्ठ्यारो ठाउँमा पठाउने प्रवृत्ति रहेको उल्लेख गर्दै उनले सरुवा प्रणालीलाई स्वचालित बनाउनुपर्ने बताए। सोमवार एकीकृत सरकारी कर्मचारी संगठन, नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री ज्वालाले यस्तो बताएका हुन् ।

मन्त्री ज्वालाले भने, ‘स्वचालित सिस्टममा जानुको विकल्प छैन । हामी त्यहाँ जानुपर्छ । हामी त्यहाँ जान्छौँ । अब चाहीँ नयाँ ढंगले सोच्नुपर्छ । यसमा मेरो तर्फबाट निकै धेरै प्रयास हुन्छ ।’

Advertisement 2

उनले आफ्नो नजिकको मान्छेलाई पुरस्कार स्वरुप सजिलो ठाउँमा र अरुलाई दण्डित गरेजस्तो अफ्ठ्यारो ठाउँमा पठाउने प्रवृत्ति रहेको भन्दै सरुवा प्रणालीलाई स्वचालित बनाउनुपर्नेमा जोड दिए । त्यस्तै निजामती सेवालाई पूर्वअनुमान योग्य पनि बनाउनुपर्ने बताए । सरुवालाई स्वचालित प्रणालीमा नल्याएसम्म यो विषय सबैको चिन्ताको विषय हुने उनको भनाइ छ ।

उनले संसदको यही अधिवेशनमा संघीय निजामती ऐन ल्याउने तयारीमा सरकारले तयारी गरिरहेको समेत बताए ।

प्रकाशित :२०८० श्रावण १६, मंगलवार १०:३३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry