सहसचिव शर्माको नेतृत्वमा आगामी आर्थिक वर्षको बजेट मस्यौदा लेखन समिति गठन
काठमाडौं । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१–०८२ को बजेट निर्माण टिम बनाएको छ । अर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ले बजेट मस्यौदा लेखन समिति गठन गरेका हुन् ।
Advertisement 1
मन्त्री पुनले आगामी आर्थिक वर्ष २०८१–०८२ को बजेट वक्तव्य लेखनका लागि शुक्रवार समिति गठनको निर्णय गरेका हुन् । मन्त्रालयका सहसचिव एवम राजस्व व्यवस्थापन महाशाखा प्रमुख धनिराम शर्माको संयोजकत्वमा समिति गठन भएकाे हाे ।
समितिकाे सदस्यमा बजेट तथा कार्यक्रम महाशाखा प्रमुख रितेशकुमार शाक्य, आर्थिक नीति विश्ल़ेषण महाशाखा प्रमुख महेश आचार्य, मन्त्रालयकका सहसचिव एवम वित्तीय संघियता समन्वय महाशाखा प्रमुख इश्वरीप्रसाद अर्याल, आन्तरिक राजस्व विभागका उपमहानिर्देशक एवक अन्तःशुल्क तथा अनुसन्धान महाशाखा प्रमुख पार्वती शर्मा र मन्त्रालयका सहसचिव रामप्रसाद आचार्य रहेका छन् ।
Advertisement 2
समिति संयोजक शर्माले शनिवार नै बैठक बसेर समितिले काम थाल्ने जानकारी दिए । विषयगत मन्त्रालयसँग समन्वय गरेर तत्काल बजेट लेखनको काम थालिने उनको भनाई छ ।