एउटै ब्यक्तिको २१ जना छोरा छोरी, सीडीओसहित सरकारी जागिरे

सरकारी जागिर खान धेरै मुस्किल छ । जो कोहि छिर्न सक्दैनन् । हामीले समय समयमा प्रस्तुग गर्ने गरेका छौं कि एकै जिल्लाको एउटै विद्यालयमा पढेका ५ जना एकै पटक सचिव बनेर मुलुकको कर्मचारी प्रशासन चलाए । त्यस्तै एकै परिवारका ६ दिदीबहिनी प्रहरीमा कार्यरत चनेर बनाएका थियौं । यस्ता विरलै पढ्न पाउँछौं त्यस्तै रहेको छ गुल्मीमा । गुल्मीको मुसिकोट नगरपालिका–३ पेगा गाउँका ७७ वर्षीय बिष्णुबहादुर पाण्डे बुबाका १२ जना छोराहरु रहेका छन् भने ९ जना छोरी छन् । उक्त २१ जना छोरा–छोरीका बाबु बिष्णु पाण्डे एक्लै भएपनि आमाहरु भने ३ वटी रहेका छन् ।

Advertisement 1

पाण्डेले कमाएको सम्पत्ती छोरा–छोरीका शिक्षा खर्चिएको परिणाम स्वरुप उनकी एउटी छोरी नेपाल सरकारको सीडीओसहित ८ जना छोरा–छोरी र बुहारी सरकारी जागिरे छन् । जेठा छोरा कर्णबहादुर पाण्डे यसअघि जिल्ला वन कार्यालय गुल्मीका सहायक वन अधिकृत थिए, भने हाल उनी काठमाडौंस्थित वन तथा वातवरण मन्त्रालयमा कार्यरत छन् । अर्का छोरा दलबहादुर पाण्डे सशस्त्र प्रहरीका डीएसपी रहेका छन् । अर्का छोरा मानबहादुर पाण्डे सशस्त्र प्रहरी निरीक्षक रहेका छन् । अर्का छोरा चन्द्रबहादुर पाण्डे पृथ्वी माध्यामिक विद्यालय मुसिकोट नगरपालिका–३ मैदानका प्रधानाध्यापक रहेका छन् । अर्का छोरा बुद्ध पाण्डे सोही विद्यालयका लेखापाल रहेका छन् ।

अर्का छोरा रमेश पाण्डे कोष तथा लेखा निरीक्षक कार्यालयका सुब्बातहका कर्मचारी रहेका छन् । छोरी देवी पाण्डेले हालै पर्वत जिल्लाको सीडीओ अर्थात् प्रमुख जिल्ला अधिकारीको कार्यभार सम्हालेकी छन् । अर्का छोरा सुदन पाण्डे हालै नेपाल प्रहरीमा भर्ती भई बुुटवलमा तालिम गरिरहेका छन् ।

Advertisement 2

भारतमा रहेकी पाण्डेकी कान्छी श्रीमतीतर्फको छोरी पनि त्यहाँँको सरकारी कार्यालयको कर्मचारी हुन् । छोरा रमेश पाण्डेकी श्रीमती स्वरुपमा पाण्डे घरेलु तथा साना उद्योग विकास कार्यालयकी अधिकृत स्तरकी कर्मचारी हुन् । योसँगै पाण्डे परिवारका ९ जना सरकारी जागिरे छन् ।

अझ पाण्डेकी छोरी सरस्वती पाण्डे घिमिरे मुसिकोट नगरपालिका कार्य समित सदस्य हुन्, उनले पनि सरकारी भत्ता बुझ्ने गरेकी छन्, उनलाई समेत गणना गर्ने हो भने एकै परिवारका १० जना सरकारी अंगमा छन् ।

प्रकाशित :२०७७ फाल्गुन २७, बिहीबार १०:४६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry