नयाँ नेतृत्व खोज्दै एकीकृत सरकारी कर्मचारी संगठन

नेकपा एकीकृत समाजवादीको भ्रातृ संगठन एकीकृत सरकारी कर्मचारी संगठन नेपालले आफ्नो प्रथम राष्ट्रिय महाधिवेशनको गर्न लागेको छ ।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले उद्घाटन गर्ने तयारी गरिएको अधिवेशनमा कर्मचारी ट्रेड युनियनका क्षेत्रमा देखिएका चुनौती तथा समाधानका विषयमा अन्तर्राष्ट्रिय तहमा भइरहेका अभ्यासबारे छलफल हुने संगठनले जनाएको छ ।

Advertisement 1

स्थापनाको एक बर्षमै एकीकृत सरकारी कर्मचारी संगठनले जिल्ला,प्रदेश तथा विभागीय गरी १०३ अधिवेशन सम्पन्न गरि देशभरबाट ५ सय ७ जना प्रतिनिधि छनौंट भएका छन् । दुई दिन चल्ने सो महाअधिवेशनमा देशभरबाट १ सय पर्यवेक्षक,विभिन्न सात मुलुकका विदेशी अतिथीसहित सहभागी हुने संगठनले जनाएको छ ।

भक्तपुरस्थित कृषि विकास बैंकको प्रशिक्षण केन्द्रको सभाहल बोडेमा सम्पन्न गर्ने हुन लागेको महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ ।

प्रकाशित :२०७९ फाल्गुन २६, शुक्रबार ०६:५७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry