पाँच जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर, को कहाँ ?
गृहमन्त्रालयले ५ जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर गरेको छ ।
Advertisement 1
बिहीबार गृहमन्त्री बालकृष्ण खाँणले २ सहसचिव र तीन उपसचिव भएका जिल्लाका सीडीओ सरुवा गर्ने निर्णय गरेका हुन्। नुवाकोटको प्रजिअमा नारायण प्रसाद रिसाल पठाइएको छ । रिसाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट भर्खरै गृह मन्त्रालयमा गएका थिए ।
धनकुटामा युवराज कट्टेललाई सरुवा गरिएको छ। रुकुम पूर्व कृष्णबहादुर खड्का, हुम्लामा सीता परियार र जाजरकोटको सीडीओमा रामबहादुर शाही सरुवा भएका छन्। जाजरकोटका सीडीओ प्रम देवकोटालाई बर्दियाको सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ।
Advertisement 2
हुम्लाका प्रजिअ गणेश आचार्य विमानस्थल अध्यागमन कार्यालयमा र बर्दियाका सहायक प्रजिअ माधव शर्मा भक्तपुरको सहायक प्रमुख जिल्ला अधिकारीमा सरुवा भएका छन्।
प्रकाशित :२०७८ फाल्गुन ६, शुक्रबार ११:२३
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%