काठमाडौं उपत्यकामा फेरि एक साता निषेधाज्ञा थप्ने तयारी
Advertisement 1
काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा अझैं एक साता लम्बिने भएको छ। कोरोना संक्रमण दर नघटेको भन्दै प्रशासन कार्यालयले निषेधाज्ञा अरु लम्बाउने तयारी गरेकोहो । यस बिषयमा काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूबीच छलफल चलिरहेको छ ।
अब थपिने निषेधाज्ञालाई अझैं खुकुलो पार्ने जिल्ला प्रशासन कार्यालयको तयारी छ । यस अघि गत २१ जेठबाट अरु १० दिन थपेर निषेधाज्ञा जेठ मसान्तसम्म लम्बाइएको थियो । यो अवधिमा किराना पसल तथा फलफुल पसल बिहान ९ बजेसम्म खोल्न दिइएकोमा अब एक घन्टा थपेर १० बजेसम्म खुल्न दिइने छ।
उपत्याकामा गत वैशाख १६ गतेदेखि निषेधाज्ञा शुरु भएको हो । पटक पटक लम्बाएर जेठ ३१ सम्म जारी निषेधाज्ञापछि यसको मोडालिटीमा परिवर्तन ल्याइने सक्ने र सवारीसाधनमा जोरबिजोर लगाउन सकिने बताइएको थियो।
Advertisement 2
अहिले पनि परिक्षण गरिएकामध्ये २९ देखि ३० प्रतिशत हारामारीका कोरोना पोजेटिभ देखिएको छ । स्वास्थ्य मापदण्ड पालना नहुनु, मास्कको प्रयोग नहुनु र भिडभाड बढी गर्नुले संक्रमणदरमा सुधार नआएको बुझाई जिल्लास्तरीय कोभिड संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को ठहर छ।