बुबा र छोरा एकैदिन डीएसपीमा बढुवा

प्रहरी निरीक्षक (इन्स्पेक्टर)बाट प्रहरी नायब उपरीक्षक (डीएसपी)मा एकैदिन बढुवा भएका बुवाछोरा अहिले चर्चामा छन् ।
Advertisement 1
प्रहरी प्रधान कार्यालयले साउन २ गते ३४ जनालाई डीएसपीमा बढुवा गर्दा जनपद प्रहरी समूहतर्फ कास्कीको माछापुच्छ्रे गाउँपालिकाका राजेन्द्र अधिकारी र प्राविधिक प्रहरी समूहतर्फ उनका कान्छा छोरा ध्रुव अधिकारी एकसाथ बढुवा भएका हुन् ।
कास्कीको माछापुच्छ्रे गाउँपालिका–४ स्थायी घर भएको अधिकारी परिवार विगतबाट नै सुरक्षाकर्मीमा आकर्षित थियो, किनकि राजेन्द्रका बुबा नरपति अधिकारी पनि भारतीय सेनामा कार्यरत थिए।
Advertisement 2
आफू सेनामा कार्यरत रहेको बेलामा राजेन्द्रलाई सेनामा नै भर्ती हुनका लागि प्रोत्साहन दिइरहे। राजेन्द्रलाई भारतीय सेनामा भर्ती हुनु, कुनै राम्रो देशमा पुगेर आर्थिक अवस्था बलियो बनाउनुमा भन्दा कि त नेपाल प्रहरीमा सेवा गर्ने कि त लोकसेवामा छिर्ने इच्छा जाग्यो।
२०५१ सालमा उनी प्रहरीको असई पदबाट आफूले रोजेको सेवा गर्न नेपाल प्रहरीमा छिर्ने मौका पाए। २०५७ सालमा सईमा बढुवा भएका उनी २०६७ सालमा इन्स्पेक्टर बने। आफूले प्रहरी सेवा थालेको २८ वर्षपछि छोरासँगै डीएसपीमा बढुवा हुन पाउँदा राजेन्द्रको खुशीको कुनै सीमा छैन ।
Advertisement 3
‘बाबुछोरा एकैचोटी बढुवा हुन पाउँदै निकै खुशी लागेको छ, त्यसको सीमा नै छैन,’ बुवा राजेन्द्रले भने, ‘प्रहरीमा प्रमोसन त्यसै पनि धेरै खुशीको कुरा हो, त्यो पनि एकैदिन बाबुछोरा बढुवा हुँदा कति खुशी मिल्ला आफैं अनुमान लगाउनुस् ।’