ई.मणि राम गेलाल सचिवमा बढुवा

सरकारले शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मणि राम गेलाललाई सचिवमा बढुवा गरेको छ । बिहिबार साँझ वालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले गेलाललाई सचिवमा बढूवा गरेको हो । लोक सेवा आयोगका अध्यक्ष उमेश मैनालीको अध्यक्षतामा मङ्गलवार बसेको बढुवा सिफारिस समितिको बैठकले वरिष्ठ सचिवत्रय मणि राम गेलाल, प्रमिला देवी शाक्य बज्राचार्य र सुशील बाबु तिवारीको नाम सिफारिस गरेको थियो ।
Advertisement 1
जसमध्ये पहिलो नम्बरमा सिफारिस भएका गेलाललाई सचिवमा बढूवा गरिएको हो ।
प्रकाशित :२०७७ मंसिर २५, बिहीबार १९:१४
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%