सामान्यलाई सिमकोटको अनुरोध :-जिल्ला बाहिरको प्रमुख प्रशासकीय अधिकृत नपठाइदिनु

हुम्लाको सिमकोट गाउँपालिकाले पालिका बाहिरका प्रमुख प्रशासकीय अधिकृत नपठाउन अनुरोध गरेको छ । पालिकाको उपाध्यक्ष सुशीला रोकायाको अध्यक्षतामा बसेको कार्यपालिको बैठकले जिल्ला बाहिरका अधिकृत नपठाउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई अनुरोध गरेको हो ।

Advertisement 1

हिजो बसेको कार्यपालिकाको बैठकले विभिन्न १० वटा निर्णय गरेका छन् । जसमा निर्णय नम्बर १० मा जिल्ला बाहिरका कर्मचारीलाई पालिकाको प्रमुख प्रशासकीय अधिकृत बनाएर खटाउँदा ती कर्मचारी जिल्लामा नबस्ने हुँदा गाउँपालिकाबाट जनतालाई सेवा दिने क्रममा असुविधा हुने र बेला बेलामा जिल्ला बाहिर गइ काममा बाधा पर्ने,र तीन चार बर्षसम्म स्थानीय तहको सातौ अधिकृतले मन्त्रालयबाट नै प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाइ कामकाज गर्दै आएको र गाउँपालिकाबाट दिने सेवा सुविधा छिटो छरितो भएको,बाह्रै महिना जनताले सेवा पाएको हुँदा मन्त्रालयबाट अर्काे प्रमुख प्रशासकीय अधिकृत नखटाइदिनु हुन अनुरोध गर्ने कार्यपालिका बैठकले निर्णय गरेको छ ।

Advertisement 2

त्यहाँ अहिले निमित्त प्रमुख प्रशासकीयको जिम्मेवारीमा उजिर रोकाया कार्यरत छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर सुवास आलेलाई खटाएको छ । सामान्य प्रशासनको यो निर्णय पछि सिमकोटको पालिका बैठक बसेर पालिका बाहिरको प्रमुख प्रशासकीय अधिकृत नपठाउन सामान्य प्रशासन मन्त्रालयलाई आग्रह गरेको हो ।

यो निर्णयप्रति पालिकाको प्रवक्ता नन्द रावतले नोट अफ डिसेन्ट (फरक मत) राखेका थिए ।

कार्यपालिका बैठकको सम्बन्धमा इकर्मचारी डटकमले पालिका उपाध्यक्ष सुशीला रोकायासँग जिज्ञासा राख्दा पालिका बाहिरको प्रमुख प्रशासकीय जिल्लामा धेरै नबस्ने हुँदा जनतालाई सेवा दिने क्रममा असुविधा हुने गरेको उल्लेख गर्दै उनले आफूहरुले कुनै लोभ,लालचका कारण यस्तो निर्णय नगरेको सुनाइन ।

Advertisement 3

स्थानीय तहलाई गाउँको सिंहदरबार भन्छन्,तर अचानोको चोट खुकुरीलाई मात्र थाहा हुन्छ । हामीलाई विकास चाहिएको छ । भनेको समयमा कर्मचारी नहुँदा काम गर्न अप्ठ्यारो हुने हुँदा स्थानीय तहकै कर्मचारीलाई कार्य गराउन सामान्य प्रशासनलाई आग्रहसम्म गरिएको उनको प्रतिक्रिया छ ।

 

प्रकाशित :२०८० भाद्र ८, शुक्रबार १४:३३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry