हलमा ‘बोक्सीको घर’

काठमाडौं । आजबाट नेपाली कथानक चलचित्र ‘बोक्सीको घर’ रिलिज भएको छ । फ्राइडे रिलिजअन्तर्गत आजबाट यो चलचित्र प्रदर्शनमा आएको हो ।

Advertisement 1

केकी अधिकारी, सुलक्षण भारती, शुपला सापकोटा र रमा थपलिया मुख्य भूमिकामा रहेको चलचित्रलाई सुलक्षण भारतीले निर्देशन गरेका छन् । लेखन पनि निर्देशक स्वयं भारतीको छ ।

‘बोक्सीको घर’ले सिनेमा घरमा उच्च शो पाएको छ । देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले सिनेमालाई उच्च शो दिएको छ । काठमाडौं उपत्यकामा २४ र बाहिर ३२ सहित देशभरका आफ्ना आउटलेटमा क्यूएफएक्सले ५६ शो प्रदान गरेको छ ।

Advertisement 2

चलचित्रको निर्माता बद्री अधिकारी हुन् ।

प्रकाशित :२०८१ बैशाख १४, शुक्रबार ०८:५६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry