मिटरब्याज पीडितका गुनासा सम्बोधन गर्न जिल्ला प्रशासन कार्यालयमा डेस्क स्थापना गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं । गृह मन्त्रालयले मिटरब्याज पीडितका उजुरी र निवेदन संकलन गरी तत्काल गुनासा सम्बोधन गर्न जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । त्यसका लागि अधिकृतस्तरको कर्मचारीको नेतृत्वमा कार्याल्यमा डेस्क स्थापना गर्न मन्त्रालयले सबै प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको हो ।

Advertisement 1

डेस्कमा खटिने कर्मचारीको विवरण (नामथर, पद, इमेल, सम्पर्क नम्बर, मोबाइल नम्बर तथा अन्य सम्पर्कका माध्यम) कार्यालयको वेबसाइटमा सार्वजनिक गर्न पनि भनिएको मन्त्रालयका सहसचिव एवम प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

उनका अनुसार साथै मिटरब्याज पीडितका गुनासो सम्बोधन गर्ने विषयमा जिल्ला प्रशासन कार्यालय तथा अन्य निकायसँग समन्वय गर्ने गरी गृह मन्त्रालयमा शाखा अधिकृत चिरञ्जिवी जिएमलाई मन्त्रालयको सम्पर्क व्यक्ति तोकिएको छ ।

Advertisement 2

मन्त्रालयले मिटरब्याज (अनुचित लेनदेन) सम्बन्धी गुनासो दर्ताका लागि सम्पर्क गर्न सकिने नम्बर र इमेल ठेगाना पनि सार्वजनिक गरेको छ ।

प्रकाशित :२०८० चैत्र ७, बुधबार ११:२४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry