दरबन्दीभन्दा बढी कर्मचारी थुपारिएपछिको जात्रा

दरबन्दी छ १३ जनाको थुपारिएका छन् दरबन्दीभन्दा ४ जना बढी, १७ जना । यस्तो भद्रगोल छ सिंहदरबारभित्र । दरबन्दीभन्दा बढी कर्मचारीहरु थुपारिएपछि न त तिनलाई जिम्मेवारी न त बस्ने कुर्सी,न टेबल ।
यस्तो भद्रगोल सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा देख्न पाइन्छ । त्यहाँ जिम्मेवारविहिन भएका सहसचिवहरु दिनभर एउटै कोठामा थुप्रन्छन्,गफ चुट्छन् र हाजिर गरेर घर फर्कन्छन् ।
सहसचिवहरु कौशलकिशोर राय, सुरेन्द्रकुमार यादव,शरदराज आरणहरु पोष्टिङ हुन पाएका छैनन् ।

Advertisement 1

परराष्ट्रमा १३ जना सहसचिवको दरबन्दी रहेकोमा अहिले त्यहाँ १७ जना पुगेपछि उनीहरुलाई न त जिम्मेवारी न त बस्ने कार्यकक्ष नै छुट्टाइएको छ । जिम्मेवारविहिन हाकिमहरु परराष्ट्रको कोठा नम्बर ११७ मा थुप्रन्छन् दिनभर ।

उता गृहमा सहसचिव र उपसचिव गरी झण्डै एक दर्जन कर्मचारी जगेडामा राखिएको छ । जिम्मेवारी नपाएका कारण ६ जना सहसचिव र उतिनै संख्याका उपसचिव दैनिक कार्यालय जाने,हाजिर गर्ने र फर्कने दैनिकी बन्न पुगेको छ ।

प्रकाशित :२०८० बैशाख ६, बुधबार १६:०१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry