सामान्य प्रशासन सचिव पोखरेलले गरे पदबहाली

दुई श्रेष्ठ (जीवनराम र राजेन्द्र) मन्त्रीहरुको तानातानमा परेर हिजोमात्र सामान्य प्रशासनबाट सचिव सुरेश अधिकारी पर्यटन मन्त्रालयमा पुगेका छन् । मंगलबारमात्र मन्त्रालयमा अधिकारीको बिदाई कार्यक्रम आयोजना गरिएको थियो ।
सचिव अधिकारी पर्यटनमा पुगेसँगै संघीय मामिला तथा सामान्य प्रशासनमा सचिवका रुपमा अर्जुन पोखरेल भित्रिएका छन् । आजै बिहान मन्त्रालयमा उनको स्वागत गरिएको छ । सचिव पोखरेललाई मन्त्रालयका सहसचिव,उपसचिव,अधिकृतहरुले स्वागत गरेका थिए ।
Advertisement 1
Advertisement 2
प्रकाशित :२०७९ भाद्र ८, बुधबार १२:००
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%