असारमैं एक सय बढी कर्मचारीको दरबन्दी थप्ने चलखेलमा महामहिम

परराष्ट्र मन्त्रालयको एउटा स्वार्थी समूह साउन आगामी आर्थिक बर्ष (साउन अगाबै) मन्त्रालयको ओएण्डएम सर्भे टुंग्याउने चलखेलमा लागेको छ । आगामी आर्थिक बर्ष दरबन्दी समेत नथप्ने र भएको दरबन्दी समेत १० प्रतिशत कटौती गर्ने बजेट बक्तव्यमै समावेश भएका कारण परराष्ट्र मन्त्रालयको एउटा समूह असार महिनाभित्रैमा संगठन तथा व्यवस्थापन (ओएन्डएम) सर्भेको काम सक्ने खेलोमेलोमा लागेका हुन । अहिले त्यहाँ ७ सहसचिव,२० उपसचिवसहित ३७ जना अधिकृतहरुको दरबन्दी थप्न खोजिएको हो ।
स्वार्थ समूहको स्वार्थ पूरा भएर ओएन्डएम पारित भएमा त्यहाँ सहसचिवको संख्या २८ पुग्नेछ भने उपसचिवको संख्या ८७ पुर्‍याउने र शाखा अधिकृत एक सय ४२ हुनेछ । हाल परराष्ट्रमा १६ जना सहसचिवको दरबन्दी छ।
जापानका लागि राजदुत सिफारिस भइसकेका अनुमति समेत आइसकेका दुर्गाबहादुर सुवेदी यस्तो खेलोमा लागेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । उनको यो खेलोमेलो सफल नभएका उनका दुई भाई कृष्ण र चक्रहरु उपसचिवमा बढुवा नभई घर फर्कनेछन् । आफ्नो भाइहरुको बढुवा गराउनकै लागि दुवसु यस्तो खेलोमा लागेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।
अहिले ओएण्डएम टुंग्याउन उनकै संयोजकत्वमा सामान्य प्रशासन मन्त्रालयका बदनाम उपसचिव रुपनारायण खतिवडासमेतको कमिटि बनाइएको छ । जबकी ओएण्डएम कमिटिको संयोजकमा प्रशासनका सहसचिव हुने व्यवस्था छ ।
तर,शिष्टाचार महापाल दुवसुले आफनै् संयोजकत्वमा एउटा ओएण्डएम सर्भे कमिटि बनाएर अहिले आफ्ना भाइहरुलाई बढुवा गराउने तम्तयारी गर्दैछन् । दुवसुको दबाबमा मन्त्री खड्काले आफ्ना पीए कृष्ण सुवेदी (कृसु) र उनका दाजु चक्र सुवेदीलाई फास्ट ट्र्याकबाट उपसचिव बनाउनकै लागि पुग्ने गरी दरबन्दी थप्न लागेका हुन । कृष्ण सुवेदी शिष्टाचार महापाल दुर्गाबहादुर सुवेदीका भाइ हुन्। अनि रमाइलो के छ भने भाइ नै उपसचिव बनाउने संयन्त्रको नेतृत्व दाइ सुवेदीले गरेका छन्।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समेत दुवसुको यो स्वार्थ बुझिसकेको छ । कर्मचारी डटकमले सामान्य प्रशासनका एक अधिकारीसँग जिज्ञासा राख्दा कसैको इच्छापूर्तिकै लागि दरबन्दी थप्ने र घटाउने काम नहुने प्रतिक्रिया दिएका छन् । दरबन्दी थप गर्नका लागि सामान्य प्रशासन र अर्थ मन्त्रालयको स्वीकृति चाहिन्छ। तर सामान्यका अधिकारीहरु दरबन्दी थप्ने मामलामा सकरात्मक छैनन् ।

प्रकाशित :२०७९ असार २९, बुधबार १०:५७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry