दुई महाबाणिज्यदूत सिफारिसः ल्हासामा ढकाल, हङकङमा राना

उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयले रिक्त दुई महावाणिज्यदूत नियुक्तिका लागि २ जना सह सचिवको नाम सिफारिस गरेको छ । यी दुई स्थानमा खटिएका महावाणिज्यदूतको कार्यकाल गत फागुनमै सकिएको हो । हङकङ र ल्हासाको महाबाणिज्यदूत पद नियुक्तिका लागि मन्त्रालयले सहसचिवद्धय उदय राना र नवराज ढकालको नाम सिफारिस गरेको हो । ल्हासाका गोविन्द कार्की र हङकङका कमल भट्टराईको कार्यकाल गएको फागुनमै सकिएको हो । यी स्थानमा हङकङको बाणिज्यदूतका लागि राना र ल्हासाका लागि ढकाल सिफारिस भएका छन् ।
साधरणतया महाबाणिज्य दूत नियुक्ति हुनका लागि वाणिज्य मन्त्रालय वा मातहतका निकायमा कार्य अनुभव हासिल गरेको हुनुपर्ने प्रावधान रहे पनि झापाको प्रमुख जिल्ला अधिकारी रानाको नाम समेत सिफारिसमा परेको छ । ढकाल बाणिज्य मन्त्रालयकै भएकाले त्यतिबिधि प्रश्न नउठे पनि गृहमन्त्रालयका राना कुन अनुभवका आधारमा बाणिज्यदूत सिफारिस भए पछि अहिले मन्त्रालयकै अधिकारीहरुले प्रश्न उठाउन थालेका छन् ।

प्रकाशित :२०७७ भाद्र ७, आईतवार १३:१९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry