सामान्य प्रशासनबाटै यस्तो भद्धा मजाक :- १३ अधिकृतलाई पाखा लगाउँदै नासुलाई हाकिम !

संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयबाट हुने खटन पटन वा कर्मचारी सरुवामा कतिसम्म बेथिती हुन्छ भन्ने कुराको एउटा ज्वलन्त उदाहरण हो यो ।
मन्त्रालयले ऐन,कानुनको धज्जी उडाउँदै जुनियर कर्मचारीलाई पालिकाको निमित्त हाकिमको रुपमा खटाएर त्यहाँ कार्यरत सिनियर कर्मचारीहरुको मानमर्दन गर्ने काम गरेको छ ।

Advertisement 1

उसो त  गाउँ गाउँका सिंहदरबारतिर अचेल रोचक रोचक घटना देख्न पाइन्छ । कतैका स्थानीय तहले माथिल्ला तहको कर्मचारीले दिएको निर्देशन नमान्ने बर्खास्त गर्ने निर्णय गर्दछन् भने कुनै स्थानीय तहका प्रमुख प्रशासकीय र जनप्रतिनिधि मिलेर लेखा अधिकृतको कुर्सी नै लुकाइदिन्छन् ।
यसैबीच प्रदेश नम्बर दुईको एउटा स्थानीय तहमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाटै नियम कानुनलाई लत्याउने काम भएको छ ।

सप्तरीको छिन्नमस्ता गाउँपालिकामा हो यस्तो दृश्य देखिएको । यो यही गाउँपालिका हो जहाँका अध्यक्ष र उपाध्यक्षको कुटाकुटको घटना बाहिरिएको थियो केही अघि । अध्यक्ष सूर्यनारायण मण्डल र उपाध्यक्ष उषाकुमारी मण्डलबीच मुक्कामुक्कीको घटना सेलाउन नपाउँदै सो पलिकाले अधिकृतलाई जिम्मेवारबिहिन बनाएर नासु तहका कर्मचारीलाई निमित्तको जिम्मेवारी दिएको हो ।

Advertisement 2

सामान्य प्रशासनले गत ९ माघ मा नायब सुब्बा अरुणकुमार यादवलाई अर्को प्रमुख प्रशासकीय अधिकृत हाजिर नभएसम्म निमित्तको जिम्मेवारी सुम्पेको हो ।
वरिष्ठ अधिकृतहरू हुँदाहुँदै नासुलाई जिम्मेवारी दिएपछि गाउँपालिकाका अधिकृतहरूले मन्त्रालयमा निवेदन दिँदै कनिष्टको मातहतमा रहेर काम गर्न नसकिने जनाएका छन् । नयाँ प्रमुख प्रशासकीय अधिकृत वा भएका अधिकृतमध्ये कसैलाई जिम्मेवारी दिन उनीहरूले आग्रह गरेका छन् ।


पालिकाले निमितको जिम्मेवारीमा अरुण कुमार यादवलाई दिएको छ । गत भदौमा प्रमुख प्रशासकीय अधिकृत अशोककुमार सिंहको छिन्नमस्ताबाट सरुवा भएको थियो । त्यसयता पालिका प्रमुख प्रशासकीय अधिकृतविहीन थियो । समान्य प्रशासन मन्त्रालयले मन्त्रालयमै दरबन्दी रहेका यादवलाई काजमा गाउँपालिकाको निमित्त बनाएर पठाएको छ ।

Advertisement 3

मन्त्रालयले पालिकामै कार्यरत १३ जना अधिकृतलाई पाखा लगाउँदै काजमा कार्यरत नायब सुब्बालाई निमित्त प्रमुख प्रशासकीय अधिकृत बनाएर पठाएसँगै कर्मचारीहरु क्रुद्ध भएका छन् ।

प्रकाशित :२०७८ माघ १७, सोमबार १२:०१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry