ललिता निवासभन्दा ठूलो अर्काे जग्गा घोटला :२४९ जनालाई प्रतिवादी बनाएर मुद्धा चलाउँदै अख्तियार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टीकापुरको ललिता निवास काण्डका रुपमा चर्चित ३० बिघा सरकारी जग्गा घोटला प्रकरणमा मुद्धा चलाउने तयारी गरेको छ । टीकापुरस्थित ३० बिघा सरकारी जग्गा घोटाला प्रकरणमा अख्तियारले विशेष अदालतमा मुद्धा पठाइसकेको जनाएको छ ।

Advertisement 1

कैलालीको टीकापुर बजार क्षेत्र वरिपरिको झण्डै ३० बिघा अर्थात ६०० कठ्ठा सरकारी जग्गा विभिन्न नेता,तिनका कार्यकर्ता तथा आफन्तहरुले बाँढेर लिएको भेटिएपछि यो प्रकरणमा अख्तियाले हात हालेको हो । अख्तियारले यो प्रकरणमा २ सय ४९ जनालाई प्रतिवादी बनाएर मुद्दा चलाउन लागेको हो । वालुवाटारको ललिता निवास जग्गा प्रकरणमा भन्दा धेरैलाई प्रतिवादी बनाएर अख्तियारले विशेषमा मुद्धा पठाएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

अख्तियारका अनुसार, अहिलेसम्मको सबभन्दा ठूलो जग्गा हिनामिनाको प्रकरण हो यो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यस्लाई वालुवाटारको ललिता निवास जग्गा प्रकरण पनि बिर्साउने र त्यो भन्दा ठूलो जग्गा घोटला भनेको छ । यस्मा ठूल्ठूला, हाइप्रोफाइल नेताहरु समेत जोडिएको अख्तियारले जनाएको छ ।

प्रकाशित :२०८० माघ २५, बिहीबार १५:०१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry