महाप्रबन्धकमा पाण्डे नियुक्ति, डीडीसी कर्मचारीको सुविधा कटौती

काठमाडौं। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दुग्ध विकास सस्थान (डीडीसी) मा महाप्रबन्धक का रुपमा सहसचिव जगदीश पाण्डेलाई जेष्ठ १४ गते बुधवार नियुक्त गरेको छ ।

Advertisement 1

पाण्डेलाई नियुक्त गरे सगैँ मन्त्रालयले दुग्ध विकास सस्थान (डीडीसी) अन्तर्गतका कर्मचारीले पाउँदै आएको दैनिक १ लिटर दूध र मासिक १ लिटर घिउको सुविधा जेष्ठ १४ गते बुधवार देखि कटौती गरेको छ ।

दुग्ध किसानलाई दिनुपर्ने भुक्तानी, सरकारबाट लिएको ऋण चुक्ता गर्नुपर्ने अवस्थाका कारण सुविधा कटौती गर्नुपरेको बताइएको छ ।
पहिले पनि अन्य सार्वजनिक संस्थानहरूमा पनि संस्थान घाटामा गएका बेला सुविधा नलिने गरिएको उल्लेख गर्दै मन्त्रालयले दूध तथा दुग्धजन्य पदार्थ बिक्री गरी आम्दानी गर्ने किसानलाई भुक्तानी दिन नसकिरहेको परिस्थितिमा सुधार ल्याउन पनि सुविधा कटौती आवश्यक रहेको बताएको छ ।

Advertisement 2

 

प्रकाशित :२०८२ जेष्ठ १६, बिहीबार ११:२०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry