पाँच महिनामै खेदिए वैदेशिक रोजगार विभागको महानिर्देशक दाहाल

वैदेशिक रोजगार विभागका महानिर्देशक मदन दाहाल पाँच महिनामै सरुवामा परेका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दाहाललाई श्रम तथा व्यवसायजन्य सुरक्षा विभागमा सरूवा गरेको हो ।

Advertisement 1

मन्त्रीस्तरीय निर्णयबाट दाहाललाई उक्त विभागको जिम्मेवारी दिएको हो । पाँच महिनाअघि वैदेशिक रोजगार विभागको नेतृत्व सम्हालेका दहालले मेनपावर कम्पनीहरूको लाइसेन्स खारेज गर्नेदेखि निलम्बन गर्ने सम्मको काम सहित वैदेशिक रोजगारीको क्षेत्रमा सुधारको काम गर्दै थिए ।

म्यानपावरवालाहरु उनको सरुवा गर्ने शक्तिकेन्द्र धाइरहेका थिए । अन्तत म्यानपावरका मालिकहरुको चाह पूरा भएको छ ।

Advertisement 2

दाहाल यस अघि राजश्व अनुसन्धान विभागमा हुँदा नेपाल इन्भेष्टमेन्ट बैंकको ९ अर्ब राजश्व छलीविरुद्ध अनुसन्धान गरिरहेका थिए । अनुसन्धान अन्तिम चरणमा पुर्याउँदा उनलाई त्यहाँबाट हुत्याएर श्रममा पुर्याइएको थियो । श्रम मन्त्रालयमा तीन महिनासम्म अतिरिक्तमा थन्काइएका दाहाललाई पाँच महिना अघि वैदेशिक रोजगार विभागमा पठाइएको थियो ।

 

प्रकाशित :२०८० मंसिर २२, शुक्रबार १७:२४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry