हवाई इन्धन चोरीको प्रयास, इन्धन निकाल्दै गरेका ७ जना पक्राउ

 

Advertisement 1

वीरगञ्ज। पर्सा प्रहरीले वीरगञ्जमा विमानमा प्रयोग हुने हवाई इन्धन (Aircraft Fuel) बोकेको ट्यांकरबाट इन्धन चोरी गरिरहेको अवस्थामा ७ जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार विशेष सूचनाका आधारमा गरिएको कारबाहीका क्रममा हवाई इन्धन बोकेको ट्यांकरबाट अवैध रूपमा इन्धन निकाल्दै गरेका ७ जनालाई नियन्त्रणमा लिइएको हो।

Advertisement 2

प्रहरीले घटनामा संलग्न व्यक्तिहरूमाथि थप अनुसन्धान भइरहेको जनाएको छ। घटनास्थलबाट बरामद इन्धन, प्रयोग गरिएका उपकरण तथा अन्य प्रमाणहरू समेत नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ।

प्रहरीले घटनाबारे विस्तृत विवरण, पक्राउ परेकाहरूको परिचय र कानुनी कारबाही सम्बन्धी जानकारी अनुसन्धानपछि सार्वजनिक गरिने जनाएको छ।

प्रकाशित :२०८३ श्रावण २२, शुक्रबार १२:२६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry