प्राविधिकतर्फका दुई सचिवको सरुवा, गेलाल शहरी विकास मन्त्रालय पुगे

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले शहरी विकास मन्त्रालयको सचिवमा मणिराम गेलाललाई पठाएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गेलाललाई शहरी विकास मन्त्रालयमा पठाउने निर्णय गरेको छ भने सहरी विकास मन्त्रालयका सचिव सरजु कुमार वैद्यलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ ।

Advertisement 1

गेलालले आज पत्र बुझेका छन् । गेलालले मंगलबार पत्र बुझेपछि मात्रै सचिव सरुवा भएको जानकारी सार्वजनिक भएको हो । गेलाल सहसचिव हुँदा मन्त्रालय अन्तरगतको शहरी विकास तथा भवन निर्माण विभागमा लामो समय महानिर्देशक भएर बसेका कारण शहरीबारे जानकार सचिवका रुपमा चिनिन्छन् । गेलाल २०७५ साउन १४ गतेदेखि २०७७ मंसिर २५ गतेसम्म करिव साढे दुई वर्ष विभागको महानिर्देशक बनेका थिए ।

 

Advertisement 2

 

प्रकाशित :२०८० माघ २३, मंगलवार १६:२७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry