चन्दा आतंकले घट्यो चिलिमे जलविद्युतको नाफा
चिलिमे हाइड्रोपावर कम्पनीको खुद नाफा ५.५१ प्रतिशत घटेर ३७ करोड ९१ लाख ४१ हजार रुपैयाँमा सीमित भएको छ ।कम्पनीले सार्वजनिक गरेको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार साउनदेखि पुस मसान्तसम्म कम्पनीले उक्त खुद नाफा कमाएको छ ।
Advertisement 1
गत वर्षको यसै अवधिमा ४० करोड १२ लाख रुपैयाँ ३० हजार रुपैयाँ कमाएको थियो । यसअवधिमा विद्युत् बिक्रीबाट हुने आम्दानी घटेकाले खुद नाफा प्रभावित भएको हो । कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा विदुत् बिक्रीवापत २.०६ प्रतिशतले घछेर ६१ करोड २० लाख रुपैयाँ खुद नाफा कमाएको छ भने अघिल्लो वर्ष यस कम्पनीले ६२ करोड ४८ लाख रुपैयाँ कमाएको थियो ।
Advertisement 2
त्यस्तै प्लान्ट सञ्चालन खर्च गत आर्थिक वर्षको दोस्रो त्रैमासमा ४ करोड ४४ लाख रुपैयाँ रहेकोमा यो वर्षको सोही अवधिमा बढेर ६ करोड ४० लाख रुपैयाँ पुगेको देखिन्छ । कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी १ रुपैयाँ ३४ पैसाले घटेर ९ रुपैयाँ ४० पैसामा आएको छ, कम्पनीको प्रतिसेयर नेटवर्थ १३१ रुपैयाँ ८० पैसा छ ।
प्रमुख राजनीतिक दल, विपक्षी राजनीति दलका भ्रातृ संठगनले चन्दा माग्न थालेपछि कम्पनी हैरान भएका छन् । चन्दा माग्नेमा माओवादीका भ्रातृ संगठन, एमाले, नेपाली काग्रेसलगायत अन्य साना दलसमेत चन्दा माग्न सक्रिय छन् । सभा, सेमिनार, गोष्ठी, अधिवेशन, साँस्कृतिक कार्यक्रमदेखि बैठकमा उनीहरूले चन्दा माग्ने गरेका छन् । कतिलाई दिएर सक्नु, कम्पनीका एक कर्मचारीले भने, दैनिक १० भन्दा बढी समूह चन्दा माग्न आउँछन् । चन्दा राजनीति दलका अध्यक्ष, विद्यार्थी संघ, संगठन, मजदुर, महिला, जातीय संगठनका नाममा बढी मागिने गरिन्छ । गोजीमा फोनको घन्टी बज्यो कि उनीहरू झस्कने गर्छन् ।