त्रिभुवन विश्वविद्यालयको रजिष्ट्रारमा रिजाल र रेक्टरमा केसी नियुक्त

काठमाडौं । प्रधानमन्त्री एवं कुलपति पुष्पकमल दाहाल प्रचण्डले त्रिभुवन विश्वविद्यालयको रजिष्ट्रारमा प्रा.डा. केदार रिजाल र रेक्टरमा प्रा.डा. खड्ग केसी नियुक्त गरेका छन्।

Advertisement 1

शुक्रबार प्रधानमन्त्री प्रचण्डले दुई जनालाई नियुक्त गरेको उपकुलपति प्रा.डा केशरजंग बरालले जानकारी दिए।

‘मैले सिफारिस गरेअनुसार नै कुलपतिसमेत रहनुभएका प्रधानमन्त्रीज्यूले रेक्टर र रजिष्ट्रार आज नियुक्त गर्नुभएको जानकारी आएको छ,’ उनले सेतोपाटीसँग कुरा गर्दै भने।

Advertisement 2

रिजाल त्रिवि वातावरण विज्ञान विभागका प्राध्यापक हुन्। केसी भने अन्तर्राष्ट्रिय सम्बन्धन विभागका प्राध्यापक हुन्।

उपकुलपति प्रा.डा केशरजंग बरालले केही समयअघि नै दुई जनालाई नियुक्तिका लागि सिफारिस गरेका थिए। तर उनीहरूलाई नियुक्ति गर्न प्रधानमन्त्री प्रचण्डले समय लगाएका थिए।

Advertisement 3

यसरी सिफारिस गरिएका व्यक्तिलाई नियुक्ति नदिएपछि उपकुलपति बराल समेत असन्तुष्ट बनेका थिए।
त्रिविमा तीन महिनादेखि रजिष्ट्रार र पाँच महिनादेखि रेक्टर निमित्तको भरमा छन्।

यसपालि दलीय भागबन्डाबिनै रजिष्ट्रार र रेक्टर नियुक्ति गर्नका लागि नाम सिफारिस गरिएको थियो।

दलीय भागबन्डाले त्रिविलाई नराम्रोसँग गाँजेको भन्दै उपकुलपति नियुक्तिकै बेलादेखि दलीय भागबन्डा नगर्ने प्रतिबद्धता प्रधानमन्त्री दाहालले राखेका थिए।

प्रकाशित :२०८१ बैशाख १, शनिबार ०९:०९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry