सौर्य एयरलाइन्स दुर्घटनामा १५ जनाको मृत्यु

काठमाडौं। बुधबार बिहान ११ बजे पोखरा उड्न लाग्दा दुर्घटनामा परेको सौर्य एयरलाइन्समा रहेका याुत्रमध्ये १५ जनाको मृत्यु भएको छ। नेपाल प्रहरीका अनुसार विमानमा रहेका १९ जनामध्ये १५ जनाको मुत्यु भएको हो।
Advertisement 1
अन्य ४ जनाको उद्धार गरिएको नेपाल प्रहरीले जानकारी दिएको छ। प्रहरीका अनुसार ३ जनाको महराजगञ्जस्थित शिक्षण अस्पतालमा र १ जनाको सिनामंगस्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ। अन्य शव शिक्षण अस्पताल लैजान लागिएको प्रहरीको भनाइ छ।
Advertisement 2
यसअघि मर्मतका लागि पोखरा उड्न लागेको सौर्य एयरलाइन्सको विमान दुर्घटनामा परेको थियो। विमानमा एयरलाइन्सका आफ्नै कर्मचारी रहेका सौर्य एयरलाइनसले जानकारी गराएको छ।
Advertisement 3
सबै तस्बिर स्रोत : नेपाल प्रहरी
प्रकाशित :२०८१ श्रावण ९, बुधबार १२:५२
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%