घुससहित समातिएका अमिनविरुद्ध मुद्दा दर्ता
काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नापी कार्यालय,नवलपरासीका अमिनविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।अख्तियारले बर्दघाट सुस्ता पश्चिमका अमिन गोविन्द ढकालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।ढकालले जग्गा नापजाँच गरी लालपूर्जा दिलाउने प्रयोनार्थ सेवाग्राहीसँग ४ हजार घुस लिएका थिए ।
Advertisement 1
अख्तियार दुरूपयोग अनुसन्धान आयोग बुटवलबाट खटिएको टोलीले अमिन ढकाललाई चार हजार रुपैयाँ घुस रकमसहित पक्राउ गरेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए। प्रवक्ता घिमिरेका अनुसार गत पुस ११ गते ढकाललाई सेवाग्राहीबाट ४ हजार घुस लिइसकेको अवस्थामा अख्तियारको टोलीले नियन्त्रणमा लिएको थियो। ढकालले जग्गा नापजाँच गरी लालपुर्जा दिलाउने प्रयोजनको लागि सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचना अख्तियारले पाएको थियो। त्यसपछि खटिएको टोलीले उनलाई बुधबार रकमसहित कार्यकक्ष नजिकबाट पक्राउ गरेको हो। अख्तियारले उनीमाथि थप अनुसन्धान अघि बढाएको छ।
ढकाललाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० बमोजिमको कसुरमा बिगो ४ हजार रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० को देहाय (क) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजायसमेत हुन मागदाबी गरि आरोप पत्र दायर भएको अख्तियारले जनाएको छ।