नियुक्ति,सरुवा,बढुवादेखि राजीनामा स्वीकृतसम्म :- यस्ता छन् क्याविनेटका ३० निर्णयहरु

मन्त्रिपरिषद्का पछिल्ला तीन वटा बैंठकले गरेका ३० वटा निर्णयहरु आज सार्वजनिक गरिएको छ । संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले आज चैत्र १०, चैत्र १४ र चैत्र २० गते बसको मन्त्रिपरिषद्को बैठकका कुल ३० निर्णयहरु सार्वजनिक गरेकी हुन् ।

Advertisement 1

यस्ता छन् ३ वटै बैठकका निर्णयहरु :

२०७९ साल चैत १० गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू

Advertisement 2

१. आर्थिक वर्ष २०८०/८१ मा प्रदेश र स्थानीय तहलाई उपलब्ध गराउने राजस्व बाँडफाँटको ढाँचा र हिस्सा एवं वित्तीय समानीकरण अनुदान वितरणको अनुमानित सीमा स्वीकृत गर्ने ।

२. एसिया प्यासिफिक क्षेत्रीय बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा. तोय नारायण ज्ञवालीलाई सहभागी हुन स्वीकृति दिने ।

Advertisement 3

३. प्रहरी अतिरिक्त महानिरीक्षक श्री बसन्त बहादुर कुँवरलाई प्रहरी महानिरीक्षक पदमा बढुवा नियुक्ति गर्ने।

४. संस्कृति, पर्यटन तथा देवघाट क्षेत्र विकास समितिको अध्यक्ष पदमा देवघाट गाउँपालिका -३, तनहूँका भिम बहादुर रानालाई तोक्ने ।

५. लोक सेवा आयोगको सिफारिसबमोजिम ७ जना कर्मचारीलाई विभिन्न सेवा समूहको राजपत्राङ्कित प्रथम श्रेणीको सहसचिव वा सो सरह पदमा नियुक्त गरी पदस्थापन गर्ने ।

६. सङ्घीय मामिला तथा चौरजहारी नगरपालिका रुकुम (पश्चिम) लाई कर्णाली प्रदेश स्तरीय फुटबल रंगशाला स्थापना गर्ने र सभाहल निर्माण गर्ने प्रयोजनको लागि जग्गा प्राप्त गर्न स्वीकृति प्रदान गर्ने ।

७. स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा. सेनेन्द्र राज उप्रेतीले पेस गरेको राजीनामा स्वीकृत गर्ने ।

८. भरतपुर अस्पताल तथा भेरी अस्पताललाई चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको आंगिक अस्पतालको रूपमा सञ्चालन गरी शैक्षिक कार्यक्रम विस्तार गर्ने ।

९. नेपाल स्वास्थ्य व्यवसायी परिषद्को रजिष्ट्रार पदमा निर्मलपोखरी ९, कास्की जनसंख्या मन्त्रालय निवासी श्री लीलानाथ भण्डारीलाई नियुक्त गर्ने ।

२०७९ साल चैत १४ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू

१. नेपालको पूर्वी पहाडी क्षेत्रमा रहेका वन, भूमि तथा जैविक विविधताको दिगो व्यवस्थापनको लागि विश्व वातावरण सुविधा (GEF) बाट करिव ५५ करोड रुपैंया अनुदान सहायता स्वीकार गर्ने।

२. विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्राकोषको संयुक्त वसन्तकालीन बैठकमा नेपालको सहभागिताका लागि अर्थ मन्त्रालयका सचिवको नेतृत्वको प्रतिनिधिमण्डलको गठन गर्ने ।

३. ग्रामीण सडकको स्तरोन्नतिको लागि एसियाली विकास बैंकसँग सम्झौता वार्ता गर्नका लागि वार्ता टोली गठन गर्ने ।

४. Nepal-China Border Epidemic Prevention and Control Mechanism द्विपक्षीय बैठकमा सहभागी हुन स्वीकृति दिने ।

५. ऊर्जा, जलस्रोत तथा सिँचाई बंगलादेशमा आयोजना हुने नेपाल-बंगलादेश संयुक्त सञ्चालक समिति तथा संयुक्त कार्य समूहको पाँचौं बैठकमा सहभागी हुन ऊर्जा सचिव दिनेश कुमार घिमिरे नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति दिने ।

६. जुरे पहिरो पीडितका लागि जनस्तरबाट सङ्कलित रकम जिल्ला विपद् व्यवस्थापन समितिबाटै स्थानीय तहको समन्वयमा स्पष्ट खाका र मापदण्ड बनाई पीडितलाई नगद राहत उपलब्ध गराउन जिल्ला विपद् व्यवस्थापन समिति, सिन्धुपाल्चोकलाई निर्देशन दिने ।

७. नेपाल प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षकहरुको पदस्थापन गर्ने ।

८. अभ्यास शान्ति प्रयास ( Multinational Peacekeeping Exercise – 2024) सञ्चालन गर्न नेपाली सेनालाई स्वीकृति प्रदान गर्ने ।

९. श्री दिननाथ न्यौपाने देवघाट गाँ.पा. -५ तनहूँ, श्री सान बहादुर दमै देवघाट गाँ.पा. -५ तनहुँ, श्री रत्नलाल शर्मा कंडेल भरतपुर म.न.पा. -१ देवघाट चितवन, मोतिराम ढुंगाना भरतपुर म.न.पा. – १० चितवन, श्री हरिप्रसाद पौडेल गैंडाकोट न.पा. – ३ र श्री प्रेमराज सापकोटा गैंडाकोट न.पा. -४ लाई देवघाट क्षेत्र विकास समितिको सदस्य पदमा मनोनयन गर्ने ।

१०. सञ्चार तथा सूचना प्रविधि नेपाल दूरसञ्चार प्राधिकरणका कानून- सदस्यमा श्री कृष्ण प्रसाद पोख्रेल, राईनास -५, लमजुङ लाई नियुक्त गर्ने ।

२०७९ चैत २० गतेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू

१. विदेशी लगानी तथा प्रविधि हस्तान्तरण (पहिलो संशोधन) नियमावली. २०७९ स्वीकृत गर्ने।

२. मिटरब्याजी समस्या सम्बन्धमा सिफारिस गर्न विशेष अदालतका पूर्व अध्यक्ष श्री गौरीबहादुर कार्कीको अध्यक्षतामा पूर्व नायब महान्यायाधिवक्ता श्री गणेशबावु अर्याल र पूर्व प्रहरी नायब महानिरीक्षक श्री उत्तमबाबु सुवेदी रहेको जाँचबुझ आयोग गठन गर्ने ।

३. शान्ति सुरक्षासम्बन्धी कार्यमा हुने खर्चको मापदण्ड, २०७८ खारेज गर्ने ।

४. नेपाल-चीन कूटनीतिक परामर्श संयन्त्रको १५ औं बैठकमा सहभागी हुन परराष्ट्र मन्त्रालयका सचिव नेतृत्वको नेपाली प्रतिनिधिमण्डल गठन गर्ने ।

५. सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को अनुसूची – २ मा हेरफेर गर्न स्वीकृति दिने।

६. नेपाल-भारत सुरक्षा सम्बन्धी द्विपक्षीय परामर्श समूह (Bilateral Consultative Group on Security Issues) को १५ औं बैठक नेपालमा आयोजना गर्ने सैद्धान्तिक स्वीकृति दिने ।

७. पूर्व-पश्चिम लोकमार्गअन्तर्गत नारायणघाट-बुटवल सडक खण्डमा पर्ने राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिने ।

८. जोगमाई क्यासकेड जलविद्युत आयोजना निर्माणका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने ।

९. मदन भण्डारी राजमार्गअन्तर्गत सुर्खेत जिल्लास्थित बोटेचौर-भेडाबारी- धुलियाविट सडक खण्डको स्तरोन्नतिको लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने ।

१०. मन्त्रिपरिषद् विधेयक समितिबाट पेश भएको मेलम्ची खानेपानी विकास समिति (गठन) आदेश, २०७९ स्वीकृत गर्ने।

११. मन्त्रिपरिषद्का समिति (राजनैतिक समिति, प्रशासन समिति, विधेयक समिति, सामाजिक समिति र आर्थिक पूर्वाधार समिति) गठन गर्ने ।

प्रकाशित :२०७९ चैत्र २१, मंगलवार १८:३८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry