साझेदार संस्थासंगको सहभागीतालाइ प्रभावकारि बनाउने प्रतिबद्धता

भैरहवा । ७२ औं अन्तरास्ट्रिय भन्सार दिवसको अबसरमा देशकै दोश्रो ठुलो भन्सार कार्यालय भैरहवाले भन्सारमा परम्परागत तथा नयाँ साझेदारहरूलाई उद्देश्यका साथ सहभागि गराउने अर्थात (custom Engaging traditional and New partners With Purpose)भन्ने मुल नाराका साथ हिजो यो बर्षको भन्सार दिवस समापन गरेको छ । कार्यक्रममा उत्कृष्ट कर्मचारी र भन्सार एजेन्ट लाई पनि सम्मान गरिएको छ । प्रमुख अतिथि प्रदेश सचिव राधिका अर्यालले उनिहरुलाइ सम्मान पत्र प्रदान गरेर सम्मान गरेकि हुन् ।

Advertisement 1

कार्यक्रममा प्रदेश सचिब राधिका अर्याल, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, भारतिय सिमानाकाका भन्सार प्रमुख बैभव सिङ ,सिद्धार्थनगर नगर पालिकाका प्रमुख इस्तियाक अहमद खान ,उधोग वाणिज्य संघका प्रतिनिधि, सरोकारवाला विभिन्न संघ सस्था र ब्यक्तिहरले आफ्नो भनाइ राख्नुका साथै उनिहरुले देशको बर्तमान आर्थिक स्थिति र भन्सार घटेको बारेमा चिन्ता समेत ब्यक्त गरेका छ्न । भैरहवा प्रमुख भन्सार अधिकृत नारद गौतमले बिश्व भन्सार संगठन लगायत साझेदारी संघ संस्था संगको समन्वय लाई अझै प्रभावकारि बनाएर भन्सार सम्बन्धि कार्यलाई प्रभावकारि बनाउने बताएका छन् ।

 

Advertisement 2

भन्सार एजेन्ट संघ सिद्धार्थनगर रुपन्देका अध्यक्ष मधु पन्थी ,राष्ट्रिय भन्सार एजेन्ट परिषद नेपाल, रुपन्देहीका अध्यक्ष सुर्य अर्याल लगयतले पनि बोलेका थिए ।परिषद अध्यक्ष अर्यालले नया भन्सार एजेण्टले काम गर्न नसकेको र असहयोग गरेको भन्ने जुन भाष्य निर्माण गर्न खोजिएको प्रति आपत्ति जनाउदै भैरहवा भन्सार कार्यालयले सिकाइ सहितको न्यानो स्वागत गरेकोमा कार्यालयको प्रशम्सा समेत गरेका छ्न । साताब्यापि रुपमा मनाइएको उक्त कार्यक्रममा भैरहवा भन्सार कार्यलय ,गौतमबुद्ध अन्तरास्ट्रिय विमानस्थल कार्यालय,भन्सार एजेन्ट संघ सिद्धार्थनगर,अन्नपूर्ण टर्मीनल, राष्ट्रिय बाणिज्य बैंक बेलहिया लगायतका संघ सस्थाको सहकार्यमा सामाजिक उत्तर दायित्व कार्यक्रम, निशुक स्वास्थ शिबिर,खुल्ला डबल पुरुष ब्याडमिन्टन प्रतियोगिता ,व्यापार सहजीकरणका लागि अन्तर्कृया लगायतका कार्यक्रम सम्पन्न गरेको छ ।

प्रकाशित :२०८० माघ १३, शनिबार १९:०७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry